म हालसालै तराईमा घटेका मृत्यु, चोटपटक तथा जनधनको क्षतिबाट मर्माहत भएको कुराबाटै थाल्छु । साथै संयुक्त राष्ट्रसंघबाट यी सबै घटनाहरुप्रति व्यक्त गहिरो चिन्ताबारे पनि जानकारी गराउन चाहन्छु । वास्तवमा यो कुराका सम्बोधन गर्नु राष्ट्रिय दायित्व हुन आउँछ । तर म सबै दलहरुलाई हिंसा त्याग्न आग्रह गर्ने र धैर्यता प्रवद्र्धन गर्नेहरुसँगै छ। मेरो कार्यालयको भूमिका संविधान सभाको स्वतन्त्र तथा स्वच्छ प्रकृयालाई सघाउनु रहेको छ । तर तराईमा स्थिति कायमै रहेमा अथवा बढ्दै गएमा हामीले सहमति गरेअनुसारको कार्यतालिकाअनुसार गर्ने सो प्रयासहरु खलबलिन सक्छ । साथै महासचिव बान की मूनले पौष २५ (जनवरी ९) मा सुरक्षा परिषदसमक्ष व्यक्त गरेका शब्दहरु सम्झन चाहन्छु, “यदि नेपाल शान्ति प्रकृयामा परम्परागत ढंगले शान्ति प्रकृयामा र निर्वाचनमा, त्यस्तै संविधान सभाका विचारहरुमा सीमान्तीकृत समूहहरुलाई सार्थक ढंगले समावेश गर्न विफल भएमा राष्ट्रले आफना जनताहरुको तागत तथा परिकल्पनालाई साकार गर्ने महत्वपूर्ण अवसर गुमाउनेछ ।”
माघ ९ (२३ जनवरी) मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले नेपालको शान्ति प्रकृयामा सघाउनका लागि परिषद्का प्रस्ताव संख्या १७४० मार्फत् औपचारिक ढंगले तथा सर्वसम्मतिबाट नेपालमा एक आयोगको स्थापना गरेको बार तपाईँहरुलाई थाहा नै होला । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आयोग—अन्मिन—लाई लडाकूहरूका हातहतियार तथा सैन्यहरूको अनुगमनका साथै संविधान सभाको निर्वाचनमा सघाउने एवं सोको अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ ।
आयोगको अवधि बाह महिनाका लागि तोकिएको छ । तर यसको अर्थ अधिकृतहरु आप्mना निर्धारित कार्यभन्दा बढी समय नबस्ने कुरा प्रष्ट्याउन चाहन्छु । उदाहरणका लागि निर्वाचन अधिकृतहरु निर्वाचन सम्पन्न भइसकेपछि अथवा हतियार तथा सैन्यहरुको अनुगमनको आवश्यकता नभएपछि उनीहरु यहाँ बसिरहने छैनन् । प्रस्तावअनुसार सो अधिकार सरकारका आग्रहबमोजिम समाप्त अथवा विस्तार गर्न सकिन्छ ।
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in English
|
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, CAMP MANAGEMENT, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1886
times viewed
35
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|