United Nations
Information Centre | Nepal
व्यावसायिक बनौं, सुरक्षित रहौं पत्रकार महिलाको सुरक्षा निर्देशिका
Abstract:
पत्रकारिता समाज र जनताको हितमा समर्पित पेशा हो । यसले आमसञ्चारमाध्यमबाट समसामयिक सूचना, जानकारी एवं विचार सम्प्रेषण गर्दछ । यस अर्थमा पत्रकारले समाजलाई सेवा पुर्याएको हुन्छन् । पत्रकारिता गर्दा उठाइने विषय, यसले समेट्ने घटना, समस्या र प्रवृत्ति धेरै किसिमका हुन्छन् । त्यस्तै यस क्रममा भेटिने मानिस, सामना गरिने परिस्थिति र सूचना–जानकारी संकलनमा अपनाइने प्रक्रिया पनि फरक–फरक हुन्छन्– कुनै सहज र सजिला त कुनै अप्ठ्यारा र पेचिला । कहिलेकाहीं अपराध गर्नेहरूका बारेमा समाचार लेख्नुपर्छ । कहिले युद्ध, हुलदंगा जस्ता हिंसाग्रस्त क्षेत्रमा काम गर्नुपर्छ । अरूको अधिकारबारे रिपोर्टिब गर्दा पीडकको तारो हुनुपर्ने अवस्था पनि आउन सक्छ । भनाइ नै छ, पत्रकारिता फूलबारी होइन काँडाघारी हो । पत्रकारले गाह्रोसाह्रो जस्तोसुकै परिस्थितिमा पनि काम गर्नुपर्ने हुन्छ । कामको स्वरूप जस्तो पनि हुनसक्छ– घटनाप्रधान वा अनुसन्धानात्मक । पत्रकारिता गर्न मिहिनेत, लगनका साथै पर्याप्त साहस चाहिन्छ । पत्रकारिता गर्दा धेरै किसिमका व्यावहारिक समस्या भोग्नुपर्छ, ज्यानै खतरामा पार्न सक्नेसम्मको अवस्था पनि आउन सक्छ । त्यसैले पत्रकारिता गर्दा निर्भीक, साहसी र व्यावसायिक भएर अघि बढ्नुपर्छ । कसरी सुरक्षित हुने भन्नेमा सचेत हुनुपर्दछ । पत्रकारको सुरक्षा भन्नाले उसको शारीरिक, मानसिक, व्यावसायिक, पेशागत र आर्थिक सबै किसिमको सुरक्षा बुझिन्छ । पत्रकारको सुरक्षासँग ढुक्कले काम गर्न सकिने भयरहित वातावरण पनि जोडिन्छ । अंग्रेजीमा सेफ्टी’ ९कबाभतथ० भन्ने शब्दले यी सबै कुरालाई समेटेको हुन्छ । पत्रकारको सुरक्षा अवस्था मुलुकको शासन–व्यवस्था, व्यावसायिक पत्रकारिताको अभ्यास र मिडिया विकासको स्तरमा बढी निर्भर हुन्छ । पत्रकार बढी सुरक्षित हुन लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र वातावरण र चुस्त, प्रभावकारी एवं व्यवस्थित मिडिया आवश्यक हुन्छन्।
Publisher: UNESCO, IMS Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
WOMEN, JOURNALISTS, JOURNALISM, COMMUNICATION PERSONNEL, NEWS PERSONNEL, REPORTERS, SECURITY RIGHTS, CRIME VICTIMS, COMMUNICATIONS, CONFLICT, CRIME, MIGRANTS, SEXUAL VIOLENCE, EDUCATION, TRAINING PROGRAMMES, SEXUAL HARASSMENT, STATE LIABILITY, HUMAN RIGHTS, GENDER DISCRIMINATION, NATURAL DISASTERS, GENDER EQUALITY, TRADE UNIONS, ECONOMIC RIGHTS, CONSTITUTIONS, JOURNALISTIC ETHICS
Thematic Group:
UNESCO, (2015)
Thesaurus:
15.04.00 - Communication And Mass Media
PDF | File Size: 3.53 MB   Download
Feeder: SANGITA SHRESTHA410@YAHOO COM, Editor: , Auditor:
...
व्यावसायिक बनौं, सुरक्षित रहौं पत्रकार महिलाको सुरक्षा निर्देशिका
Abstract:
पत्रकारिता समाज र जनताको हितमा समर्पित पेशा हो । यसले आमसञ्चारमाध्यमबाट समसामयिक सूचना, जानकारी एवं विचार सम्प्रेषण गर्दछ । यस अर्थमा पत्रकारले समाजलाई सेवा पुर्याएको हुन्छन् । पत्रकारिता गर्दा उठाइने विषय, यसले समेट्ने घटना, समस्या र प्रवृत्ति धेरै किसिमका हुन्छन् । त्यस्तै यस क्रममा भेटिने मानिस, सामना गरिने परिस्थिति र सूचना–जानकारी संकलनमा अपनाइने प्रक्रिया पनि फरक–फरक हुन्छन्– कुनै सहज र सजिला त कुनै अप्ठ्यारा र पेचिला । कहिलेकाहीं अपराध गर्नेहरूका बारेमा समाचार लेख्नुपर्छ । कहिले युद्ध, हुलदंगा जस्ता हिंसाग्रस्त क्षेत्रमा काम गर्नुपर्छ । अरूको अधिकारबारे रिपोर्टिब गर्दा पीडकको तारो हुनुपर्ने अवस्था पनि आउन सक्छ । भनाइ नै छ, पत्रकारिता फूलबारी होइन काँडाघारी हो । पत्रकारले गाह्रोसाह्रो जस्तोसुकै परिस्थितिमा पनि काम गर्नुपर्ने हुन्छ । कामको स्वरूप जस्तो पनि हुनसक्छ– घटनाप्रधान वा अनुसन्धानात्मक । पत्रकारिता गर्न मिहिनेत, लगनका साथै पर्याप्त साहस चाहिन्छ । पत्रकारिता गर्दा धेरै किसिमका व्यावहारिक समस्या भोग्नुपर्छ, ज्यानै खतरामा पार्न सक्नेसम्मको अवस्था पनि आउन सक्छ । त्यसैले पत्रकारिता गर्दा निर्भीक, साहसी र व्यावसायिक भएर अघि बढ्नुपर्छ । कसरी सुरक्षित हुने भन्नेमा सचेत हुनुपर्दछ । पत्रकारको सुरक्षा भन्नाले उसको शारीरिक, मानसिक, व्यावसायिक, पेशागत र आर्थिक सबै किसिमको सुरक्षा बुझिन्छ । पत्रकारको सुरक्षासँग ढुक्कले काम गर्न सकिने भयरहित वातावरण पनि जोडिन्छ । अंग्रेजीमा ।।।सेफ्टी’ ९कबाभतथ० भन्ने शब्दले यी सबै कुरालाई समेटेको हुन्छ । पत्रकारको सुरक्षा अवस्था मुलुकको शासन–व्यवस्था, व्यावसायिक पत्रकारिताको अभ्यास र मिडिया विकासको स्तरमा बढी निर्भर हुन्छ । पत्रकार बढी सुरक्षित हुन लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र वातावरण र चुस्त, प्रभावकारी एवं व्यवस्थित मिडिया आवश्यक हुन्छन्।
Publisher: UNESCO, IMS Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
WOMEN, JOURNALISTS, JOURNALISM, COMMUNICATION PERSONNEL, NEWS PERSONNEL, REPORTERS, SECURITY RIGHTS, CRIME VICTIMS, COMMUNICATIONS, CONFLICT, CRIME, MIGRANTS, SEXUAL VIOLENCE, EDUCATION, TRAINING PROGRAMMES, SEXUAL HARASSMENT, STATE LIABILITY, HUMAN RIGHTS, GENDER DISCRIMINATION, NATURAL DISASTERS, GENDER EQUALITY, TRADE UNIONS, ECONOMIC RIGHTS, CONSTITUTIONS, JOURNALISTIC ETHICS
Thematic Group:
UNESCO, (2015)
Thesaurus:
15.04.00 - Communication And Mass Media
PDF | File Size: 3.53 MB   Download
Feeder: SANGITA SHRESTHA410@YAHOO COM, Editor: , Auditor:
...