United Nations
Information Centre | Nepal
कार्यस्थल साथी शिक्षकको लागि सहयोगी पुस्तिका
Abstract:
नेपालमा सर्वपथम वि.सं. २०४४ मा एच.आई.भी./एड्स देखिएको हो । त्यसबेला देखि आजसम्म यो महामारी अति नै तीव्र गतिमा बढी रहेको छ र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा चैत्र २०६४ सम्ममा ११,२६४ व्यक्तिहरु यसबाट सङ्क्रमित थिए । एच.आई.भी. ले १५ देखि ४९ वर्षका उमेर समूहको मानिसहरुलाई बढी प्रभावित गरेको छ । यो समूहले उत्पादक गतिविधिका साथै देशको आर्थिक विकासमा अधिकतम योगदान गर्दछ । यसैले एच.आई.भी./एड्स कामको संसारमा एक प्रमख मुद्दाको रुपमा देखा परेको छ । नेपाल जस्तो विकासोन्मुख देशको लागि उत्पादन काममा लागेको श्रमशक्तिको संरक्षण गर्नु अत्यन्त जरुरी छ । कार्यस्थलमा कामदार कर्मचारीहरुलाई एच.आई.भी./एड्स सम्वन्धी शिक्षा प्रदान गरेर बचाउन सकिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कार्यस्थलमा एच.आई.भी./एड्स रोकथाम गर्न तत्काल आवश्यक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता महशुस गरी नेपालमा वि.सं २०६१ सालदेखि ”एच.आई.भी./एड्स कार्यस्थल शिक्षा कार्यक्रम” कार्यन्वयन गरिरहेको छ । यस परियोजनामा नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ट्रेड यूनियन कंग्रेस-स्वतन्त्र, नेपाल ट्रेड यूनियन महासंघ र दश वटा व्यापारिक प्रतिष्ठानहरु प्रमुख साझेदारहरुको रुपमा रहेका छन् । यस शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न​ साथी शिक्षकहरुको अहम् भूमिका हुन्छ किनभने यो विषय मानिसहरुको अत्यन्त नीजि जीवनको व्यवहारसँग सम्बन्धित छ र आˆफ्ना साथीहरु बीचमात्र खुलेर कुरा गर्न सकिन्छ । साथी शिक्षकहरुलाई आˆना सहकर्मीहरु माझ एच.आई.भी./एड्स सम्वन्धी शिक्षा दिन सहयोग पुग्न हेतुले यो पुस्तिका तयार गरिएको हो । यस पुस्तिकाको मुख्य उद्देश्य एच.आई.भी. र एड्स सम्बन्धी पूर्ण र सही जानकारी दिनु हो । यस पुस्तिकामा प्राविधिक विषयवस्तुहरुलाई सरल नेपाली भाषामा प्रस्तुत गर्नुका साथै एच.आई.भी. र एड्सबारे बारम्बार सोधिने प्रश्नहरुलाई समाबेश गरिएकाले कार्यस्थलमा कार्यरत कामदार कर्मचारीहरु तथा समुदायमा समेत एच.आई.भी. र एड्स सम्बन्धमा सही जानकारी प्रचार प्रसार भै यसको रोकथाममा राम्रो भूमिका निर्वाह गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
Publisher: ILO, GoN Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
HIV/AIDS, DISEASES, SEXUALLY TRANSMITTED DISEASES, HEALTH EDUCATION, AIDS PREVENTION, ANTIRETROVIRAL THERAPY, BLOOD SAFETY, MALE CONTRACEPTION, CONDOMS, SEX EDUCATION, DRUG TESTING
Thematic Group:
ILO, (2009)
Thesaurus:
10.03.02 - Diseases And Carriers Of Diseases
PDF | File Size: 839 KB   Download
Feeder: PRAJU SHRESTHA, Editor: , Auditor:
...