United Nations
Information Centre | Nepal
ईटाको गारोमा सिमेन्ट मसला जोडाईमा सुरक्षित आवास निर्माण सम्बन्धि हाते पुस्तिका
Abstract:
यो हाते पुस्तिका भुकम्प प्रतिरोधी ग्रामिण भवन निर्माण अन्तर्गत भारत सरकारद्धारा सहयोग प्राप्त, नेपाल आवास पुनर्निर्माण परियोजना गोरखामा संलग्न दक्ष मिस्त्री (आवास निर्माण साथी) का लागि तयार पारिएको हो । यो पुस्तिका नेपाल सरकार भवन निर्माण संहिता एबम नेपाल पुननिर्माण प्राधिकरणबाट जारि भएका विभिन्न डिजाईन, मोडेल र चेकलिस्ट अनुसार सुरक्षित घर निर्माण गर्न सहजिकरण योजनासंग आबद्ध व्यक्तिलाई मात्र नभई समुदायका अन्य व्यक्तिहरुले समेत भूकम्प प्रतिरोधी भवन के हो र कसरी सुरक्षित भवन बनाउन सकिन्छ भन्ने बारे जानकारी हासिल गरि लाभान्वित हुनेछन भन्ने विश्वास गरिएको छ । यो पुस्तिका साधारण लेखपढ गर्न सक्ने तथा शैक्षिक योग्यता कम भएका मिस्त्रीहरुलाई चित्रको माध्यमबाट सजिलै संग बुझ्ने सकिने गरि तयार पारिएकाले सुरक्षित भवन निर्माण कार्य प्रभाबकारी हुने बिश्वास गरिएको छ । यो पुस्तिका ईटा सिमेन्ट जोडाईमा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी प्रबिधि प्रयोग गरेर जग देखि धुरी सम्मको विभिन्न बन्धन एबम गारो लगाउने तरिका समेत सचित्र उल्लेख गरिएको छ । उल्लेखित चित्र सामाग्री नेपाल आवास पुननिर्माण परियोजनाका फिल्डबाट लिईएको हो । यो पुस्तिका यु. एन डी पी र ओ. डी. आर. सी ले संयुक्त रुपमा सुरक्षित भवन पुननिर्माणको लागि तयार पारिएको हो । यस पुस्तिकामा केहि कमि कमजोरी औल्याई आगामी अङ्कलाई अझ परिस्कृत बनाउन अमुल्य सुझाब दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौ ।
Publisher: -UNDP Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
CONSTRUCTION, DISASTER PREVENTION, EARTHQUAKES, EARTHQUAKE ZONES
Thematic Group:
UNDP, (2019)
Thesaurus:
09.02.00 - Housing
PDF | File Size: 2.2 MB   Download
Feeder: HANGENLIMBU, Editor: , Auditor:
...