जिल्लास्तरीय खाद्य सुरक्षा अनुगमन तालिम कार्यक्रम, जिल्लामा खाद्य सुरक्षा सञ्जाल स्थापना र सञ्जालका सदस्यहरूको खाद्य सुरक्षा अनुगमनबारे क्षमता अभिवृद्धि गर्न तयार गरिएको हो । यो निर्देशिकाले खाद्य सुरक्षा सञ्जालका सदस्यहरूलाई चरणबद्ध तरिकाले खाद्य सुरक्षाबारे जानकारी प्रदान गर्नलाई प्रशिक्षक तथा फिल्ड मनिटरलाई मद्दत गर्नेछ । यो प्रक्रियामा खाद्य सुरक्षा सञ्जालका सदस्यहरूलाई जिल्लाको वास्तविक आवश्यकतामा आधारित खाद्य सुरक्षा सञ्जाल निर्माण (पहिलो खण्ड), जिल्लास्तरीय खाद्य सुरक्षा अनुगमन प्रणालीबारे सैद्धान्तिक पक्षबारे जानकारी (दोस्रो खण्ड) र जिल्लास्तरीय खाद्य सुरक्षा अनुगमन प्रणालीबारे व्यावहारिक पक्षबारे जानकारी (तेस्रो खण्ड) हासिल गर्नेछन् । निर्देशिकाको पहिलो खण्डको उद्देश्य, जिल्ला स्थित सरोकारवालाहरूलाई खाद्य सुरक्षा अनुगमनको महत्वो बारे जनचेतना बढाई जिल्लामा खाद्य सुरक्षा अनुगमनका लागि एक संरचनागत व्यवस्था निर्माण गन चरणबद्ध प्रक्रियाबारे प्रस्ट पार्नु रहेको छ । निर्देशिकाको दोस्रो खण्डको उद्देश्य जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालका सदस्यहरूलाई खाद्य सुरक्षाबार आधारभूत अवधारणा, राष्ट्रिय खाद्य सुरक्षा अनुगमन प्रणाली र खाद्य सुरक्षा सञ्जालको भूमिका प्रस्ट पार्न, तालिम सहजकर्तालाई सहयोग पुर्याउनु हो । त्यसैगरी तेस्रो खण्डको उद्देश्य जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालका सदस्यहरूलाई जिल्ला खाद्य सुरक्षा अनुगमन सञ्चालन गर्न विश्लेषणात्मक औजार र विधिहरू प्रयोग गर्न र व्यावहारिक दक्षता हासिल गर्न सत्रहरू सञ्चालन प्रक्रियाबारे प्रस्ट पार्नु रहेको छ ।
|
Publisher:
GoN, WFP
,
(2009
) |
Type / Script:
Progress Report
in English
|
Keywords:
FOODS, FOOD SECURITY, FOOD SAFETY, FOOD HYGIENE, TRAINING PROGRAMMES, FOOD STORAGE, FOOD PRESERVATION, FOOD CONSERVATION, AGRICULTURE, AGRICULTURAL PRODUCTION, CIVIL SOCIETY, NATURAL DISASTERS, MALNUTRITION, NUTRITION, CHILD NUTRITION, SANITATION, FOOD SUPPLY
|
Thematic Group: WFP
:
Food and Emergency humanitarian logistict support
|
Thesaurus:
10.01.00
- Food And Nutrition
|
Reference Link:
|
|
|
** This document has been:
1271
times viewed
10
times downloaded. Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|