धेरैजसो किशोरकिशोरीहरू विद्यालयमा हुने भएकाले किशोरकिशोरीहरू यौनिक व्यवहारका लागि सक्रिय हुनुभन्दा पहिले नै धेरै किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षा दिनका लागि विद्यालय क्षेत्रले ठूलो अवसर प्रदान गर्दछ । विद्यालयको पाठ्यक्रममा समावेश गरेर र स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराएर विद्यालय जाने किशोरकिशोरीहरूलाई यौनिकता शिक्षा दिँदा प्रभावकारी हुने भएकोले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्दछ । यसका अतिरिक्त विद्यालय बाहिर रहेका किशोरकिशोरीहरूका लागि पनि अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरूमा पनि यौनिकता शिक्षालाई समावेश गराई समुदाय स्तरसम्म पु¥याउँदा प्रभावकारी हुने छ ।
यसैअनुरूप नेपाल सरकार, शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रम (इ.सं २०१६—२०२३) तयार पारी कार्यान्वयनमा ल्याइरहेको छ । उपर्युक्त योजनामा विद्यालयको पाठ्यक्रममा किशोरकिशोरीहरूका लागि बृहत्तर यौनिकता शिक्षा समावेश गर्ने र उक्त शिक्षा अध्यापन गराउनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई महत्वपूर्ण अङ्गको रूपमा अङ्गीकार गरिएको छ । किशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषयहरूको अध्यापन गराउन र मनोपरामर्श मनोविमर्श दिनका लागि आवश्यक ज्ञान तथा सिपको आवश्यकता देखिएको परिप्रेक्ष्यमा किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषय अध्यापन गराउने कार्यमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिम निर्देशिकाको विकास गरिएको हो ।
#UNFPA#SEXUALITY#EDUCATION#2018
|
Publisher:
UNFPA
,
(2018
) |
Type / Script:
Publication
in English
|
Keywords:
SEX EDUCATION, HEALTH EDUCATION, SEX, REPRODUCTIVE HEALTH, HEALTH EDUCATION, HUMAN REPRODUCTION, REPRODUCTIVE FREEDOM, FERTILITY, SEXUAL BEHAVIOUR, WOMEN'S HEALTH, YOUTH HEALTH, GENDER-BASED VIOLENCE, SOCIAL DEVELOPMENT, HUMAN DEVELOPMENT, DEVELOPMENT, ADOLESCENTS, ADOLESCENCE, TEENAGERS
|
Thematic Group: UNFPA
:
Population studies
|
Thesaurus:
08.02.00
- Family Planning
|
Reference Link:
|
|
|
** This document has been:
895
times viewed
5
times downloaded. Feeder:
ANITAKARKI2052@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|