United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६४ मंगसिर २८ गौरमा बढ्दो तनावप्रति उच्चायुक्तको कार्यालय चिन्तित
PDF File Size: 63 KB | Download   
रौतहट जिल्लाको गौरमा भएको बढ्दो तनावप्रति उच्चायुक्तको कार्यालय फेरी चिन्तित भएको छ। मधेशी जनअधिकार फोरम (फोरम ) र नेकपा (माओबादी) दुवैले क्रमश: शनिबार र आइतबार गौरमा विरोध प्रदर्शन तथा अरु कार्यक्रमहरुको तयारी गरिरहेको हुनाले उच्चायुक्तको कार्यालय २०६३ चैतमा गौरमा नेकपा (माओबादी) क २७ कार्यकर्ता मारिएको
दु:खद घटनाको पुनरावृत्ति हुन नदिन आवस्यक सबै कदम चाल्नुपर्ने आवश्यकता तर्फ सबै पक्षहरुको ध्यानआकर्षण गर्न चाहन्छ।
उच्चायुक्तको कार्यालय फोरम र नेकपा (माओबादी) दुवैको नेतृत्वलै आफ्ना कार्यकर्ता नि:शस्त्र भएको, तिनले आफ्ना कार्यक्रमहरु शान्तिपूर्णरुपमा संचालन गर्ने र हिंसालाइ उत्तेजित पार्नसक्ने कुनै पनि गतिविधिमा आफू संलग्न नहुने कुरा सुनिश्चित गर्न आह्वान गर्दछ।हिंसा हुने खतराले गर्दा १८ वर्षमुनिका युवायुवतीहरु र्यालीमा सहभागी नबन्ने कुराको सुनिश्चित गर्न संरक्षनात्मक उपायहरु अवलम्बन गरिनुपर्छ।

#GAUR #RICHARDBENNETT #OHCHR #RAUTAHAT #RIGHTS
Publisher:
UNOHCHR ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, PROTEST MOVEMENTS, VIOLENCE, PEACE, ENVIRONMENT, FREEDOM, LEADERSHIP, INTERROGATION, RISKS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1387  times viewed
462  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics