रौतहट जिल्लाको गौरमा भएको बढ्दो तनावप्रति उच्चायुक्तको कार्यालय फेरी चिन्तित भएको छ। मधेशी जनअधिकार फोरम (फोरम ) र नेकपा (माओबादी) दुवैले क्रमश: शनिबार र आइतबार गौरमा विरोध प्रदर्शन तथा अरु कार्यक्रमहरुको तयारी गरिरहेको हुनाले उच्चायुक्तको कार्यालय २०६३ चैतमा गौरमा नेकपा (माओबादी) क २७ कार्यकर्ता मारिएको
दु:खद घटनाको पुनरावृत्ति हुन नदिन आवस्यक सबै कदम चाल्नुपर्ने आवश्यकता तर्फ सबै पक्षहरुको ध्यानआकर्षण गर्न चाहन्छ।
उच्चायुक्तको कार्यालय फोरम र नेकपा (माओबादी) दुवैको नेतृत्वलै आफ्ना कार्यकर्ता नि:शस्त्र भएको, तिनले आफ्ना कार्यक्रमहरु शान्तिपूर्णरुपमा संचालन गर्ने र हिंसालाइ उत्तेजित पार्नसक्ने कुनै पनि गतिविधिमा आफू संलग्न नहुने कुरा सुनिश्चित गर्न आह्वान गर्दछ।हिंसा हुने खतराले गर्दा १८ वर्षमुनिका युवायुवतीहरु र्यालीमा सहभागी नबन्ने कुराको सुनिश्चित गर्न संरक्षनात्मक उपायहरु अवलम्बन गरिनुपर्छ।
#GAUR #RICHARDBENNETT #OHCHR #RAUTAHAT #RIGHTS
|
Publisher:
UNOHCHR
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, PROTEST MOVEMENTS, VIOLENCE, PEACE, ENVIRONMENT, FREEDOM, LEADERSHIP, INTERROGATION, RISKS
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
566
times viewed
424
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|