नेपालका राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले भदौ ३० गते काठमाडौको शीतल निवासस्थित उहाको कार्यालयमा आयोजना हुने समारोहमा "जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न म प्रतिबध्द छु " शीर्सकको १०० दिने अभियानको उदघाटन गर्नुहुनेछ। रास्ट्रीय दलित आयोग (आयोग) तथा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानावअधिकार कार्यालय (उच्चायुक्तको कार्यालय - नेपाल ) को संयुक्त पहलमा हुने सो उदघाटन समारोह पश्चात अपराहन जातीय भेदभाव तथा छुवाछुत ( कसुर र सजाय ) ऐनसम्बन्धी राष्ट्रिय परामर्शको आयोजना गरिनेछ।
राष्ट्रपतिको कार्यालयमा हुने उदघाटन समारोहमा आमन्त्रित सहभागीहरुमा स्थानीय विकासमंत्री टोपबहादुर रायमाझी, कुटनीतिक समुदायका सदस्यहरु, चर्चित हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा अन्य विशिस्त अथिति रहेका छन्। राष्ट्रिय परामर्श कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त नभी पिल्लेको भिडियो संदेश प्रदर्शन गरिनेछ।
#CASTEDISCRIMINATION #UNTOUCHABILITY #DALIT #IMPLEMENTATION #RAMBARANYADAV #COMEDIANS #MADANKRISHNA #HARIBANSHA #100DAYCAMPAIGN #CONTRIBUTION #KATHMANDU #GOAL #CONTRIBUTION #POUSH9
|
Publisher:
GON, UNOHCHR
,
(2011
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
CASTE, DISCRIMINATION, HUMAN RIGHTS, PUNISHMENT, PARTNERSHIP, LAW, CIVIL SOCIETY, PUBLIC INFORMATION, LOCAL DEVELOPMENT, CRIME
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
02.04.00
- Development
|
Reference Link:
|
|
|
** This document has been:
1492
times viewed
2
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|