बैशाख ३१ का लागि घोषणा भएको स्थानीय निकायको निर्वाचनको परिप्रेक्षमा सर्लाहीमा भएको तनाबपूर्ण स्थितिबाट नेपालस्थित संयुक्त राष्ट्र सङ्घलाई गम्भीररुपले चिन्तित तुल्याएको छ । हालै सप्तरी जिल्लामा राजनीतिक दलका कार्यकर्ता र राज्यका सुरक्षाकर्मीबीच भएको हिंसात्मक मुठमुडमा परी केही व्यक्तिको मृत्यु र केही घाइते हुन गएकामा हामी अत्यन्त दुःखित छौँ । अभिव्यक्ति र भेला हुन पाउने स्वतन्त्रतामा हिँसाको कुनै स्थान हुँदैन । हामी सुरक्षाकर्मीलाई बल प्रयोगको विद्यमान राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न आब्हान गर्दछौँ । साथै, राजनीतिक दलहरुलाई पनि आफ्ना विचारहरुलाई बोली र व्यवहारमा शान्तिपूर्ण ढङ्गले अभिव्यक्त गर्न आग्रह गर्दछौँ ।
ऐतिहासिक स्थानीय तहको निर्वाचनको सञ्चालनका लागि सुहाउँदो वातावरण सिर्जना गरी सुदृढ तुल्याउन समावेशी र अर्थपूर्ण संवादलाई हामी प्रोत्साहित गर्दछौँ । देशलाई शान्तिपूर्ण र सम्बृद्ध भविष्यतर्फ डो¥याउने कार्यमा सबै नेपालीसँग सहकार्य गर्न संयुक्त राष्ट्र सङ्घ प्रतिवद्ध छ ।
|
Publisher:
UNIC
,
(2017
) |
Type / Script:
Press Release
in English
|
Keywords:
ELECTION,ELECTION LAW,POLITICAL CONVENTION,POLITICAL PLATFORM,ADMINISTRATION AND POLITICAL DIVISION,VOTER REGISTRATION,VOTING,ELECTIONS,TECHNICAL COOPERATION
|
Thematic Group: UNIC
:
UNITED NATIONS INFORMATION CENTRE
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
707
times viewed
2
times downloaded. Feeder:
DEEPA2
, Editor:
, Auditor:
View Document History
|
|
|
|