(काठमाडौं-न्यूयोर्क, वि.सं. २०६९, असार १५ नेपालको शान्ति प्रक्रियाका विद्यमान चुनौतीहरूलाई मध्येनजर गर्दै संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण कोष (यूएनपीएफ)ले आज नेपालका लागि ८० लाख अमेरिकी डलर निकासा गरेको छ । निकासा रकमको प्रबन्ध–व्यवस्थापन नेपाल सरकार, संयुक्त राष्ट्रसब्घ र दातृ निकायहरूको निगरानीमा नेपालका लागि स्थानीय संयुक्त राष्ट्रसब्घीय शान्ति कोषले गर्नेछ ।उपरोक्त रकम शान्तिलाई सुदृढ तुल्याउन सहयोग पुग्ने विभिन्न क्षेत्रहरूतर्फ परिलक्षित गरिने छ र त्यसमा शान्ति सुव्यवस्थासम्बन्धी आवश्यक कार्यमा सुधार ल्याउने, अदालतहरूलाई सहयोग पु¥याउने, संवाद तथा नेतृत्वलाई प्रवद्र्धन गन र महिला तथा द्वन्द्व पीडित बालबालिकाहरूका आवश्यकताहरू सम्बोधन गर्ने राष्ट्रिय प्रयासहरूलाई थप मजबुत बनाउनेलगायत रहेका छन् । यस योगदानलाई स्वीकार्दै, नेपालस्थित संयुक्त राष्ट्रसब्घीय आवासीय तथा मानवीय संयोजक श्री रोर्बट पाइपरले पूर्व माओवादी सेनाको रिहाइ र समायोजन प्रक्रियाको चाँडै हुन गइरहेको समाप्ति, सन् २००८ मा सम्पन्न सफल र धेरै हदसम्म शान्तिपूर्ण निर्वाचन, देशमा विछ्याइएका सबै विद्युतीय धरापलाई निष्क्रिय तुल्याउने कार्य र गणतन्त्रतर्फको सहज संक्रमणलगायत शान्ति प्रक्रियामा हालसम्म भएका महत्वपूर्ण उपलब्धिहरू औंल्याउनु भएको छ ।
|
Publisher:
UN
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
PEACE, PEACE BUILDING, DONOR COUNTRIES, WOMEN, CHILDREN, COMMUNICATION, LEADERSHIP, FARMING, RISKS, FUNDS, POLITICAL PARTIES, CONSTITUTION, HEALTH, HEALTH SERVICES, HEALTH CENTRES, EMPLOYMENT, CONFLICT, FUNDS, LAND, COURTS, PEACE PROCESS, YOUTH EMPLOYMENT
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
01.02.00
- International Relations
|
Reference Link:
|
|
|
** This document has been:
671
times viewed
1
times downloaded. Feeder:
ALISHATHAPALIYA
, Editor:
, Auditor:
View Document History
|
|
|
|