२०६४ चैत ७ गतेका दिन अवैध हातहतियार राखेको अभियोगमा बाब्बु सिंह ठाकुरलाई गिरफ्तार गरिएको बेहोरा नेपाल प्रहरीले नेपालस्थित राष्ट्रसंघीय मिसनलाई जानकारी गराएको छ। यी अभियोगहरुको निक्यौंल गर्ने काम प्रहरी र अदालतको कार्यक्षेत्रमा पर्द्छ।
बाब्बु सिंह ठाकुर अन्मिनको काठमाण्डौस्थित मुख्यालय र पाँचवटा क्षेत्रीय कार्यलयहरुको सुरक्षा सेवाका लागि अनुबन्धित ग्रुप फोर सुरक्षा कम्पनीमा कार्यरत हुनुहुन्थ्यो। उहाँ अन्मिनको कामदार वा कर्मचारी होइन। अन्मिनको मध्य-पश्चिम क्षेत्रमा मुख्यालय, नेपालगञ्जमा काम गर्ने ठाकुरलाई अन्मिन ग्राउन्ड पास जारी गरेको थियो। सो पास अन्मिन कार्यालय हातामा सुरक्षाकार्यमा संलग्न ग्रुप फोरका सबै कर्मचारीहरुलाई प्रदान गरिन्छ। ग्रुप फोरसितको अनुबन्ध अनुसार अन्मिन कार्यालय हातमा खटाइएका कर्मचारीको आपराधिक विगत र अन्य पृष्ठभूमिको छानबिन गर्ने जिम्मेवारी पनि उक्त कम्पनीकै हो।
|
Publisher:
UNMIN
,
(2008
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
JURISDICTION, WEAPONS, ARMAMENTS, POLICE, CRIME, COURTS, PUBLIC PROTECTION, PUBLIC SECURITY
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.04.00
- Disarmament And Military Questions
|
Reference Link:
|
|
|
** This document has been:
1216
times viewed
6
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|