United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: नेपालस्थित राष्ट्रसंघीय मिसनद्वारा श्रद्धाञ्जली सभाको आयोजना (२०६४ चैत ६)
PDF File Size: 49 KB | Download   
निधन भ​एका अन्मिनका नेपाली कर्मचारीका परिवार, नेपाल सरकारका प्रतिनिधि, निधन भएका अन्मिनका अन्तराष्ट्रिय कर्मचारी तथा चालक दलका सदस्यहरुका मुलुकका प्रतिनिधि, अन्मिन एवम अन्य राष्ट्र्संघीय निकायका कर्मचारीहरु वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भेला भएर मृतकहरुप्रति श्रद्धासुमन अर्पण गरे। उक्त श्रद्धाञ्जली सभामा माननीय परराष्ट्र मन्त्री साहना प्रधानले नेपाल सरकारका तर्फबाट र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समवेदना सन्देशबाट समेत उद्धत गरेर आफ्नो श्रद्धाञ्जली सन्देश व्यक्त गर्नुभयो। महासचिव बान कि-मूनको समवेदना सन्देशको फ्रेममा हालिएको प्रति नेपाली नेपालका लागि उहाका विशेष प्रतिनिधि इयान मार्टीनले पढेर सुनाउनु भयो।
मार्टीनले महासचिवको सन्देशको फ्रेममा हालिएको प्रति नेपाली कर्मचारी शोकसन्तप्त परिवारजनलाई हस्तान्तरण पनि गर्नुभयो। श्रद्धाञ्जली सभामा अन्मिनका नायव हतियार अनुगमन प्रमुख कर्नेल एडवाडो उलेरी तथा अन्मिनको राष्ट्रिय कर्म्चारी संघका अध्यक्ष नन्दन धामीले पनि श्रद्धासुमन अर्पण गर्नुभयो।

English Version: http://un.info.np/Net/NeoDocs/View/2694
#673 #2694 #pair
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACEBUILDING, PEACEKEEPING OPERATIONS, POLITICAL CONDITIONS, POLITICAL PARTICIPATION, REPRESENTATIVE GOVERNMENT, POLITICAL LEADERS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1698  times viewed
14  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics