हामी बसेको पृथ्वीमा विभिन्न किसिमका घटनाहरू निरन्तर भइरहेका हुन्छन् । यी घटनाहरूका असर मानवलगायतका जीवजन्तुमा पर्छ । यीमध्ये ठुलो मात्रामा धनजनको क्षति हुने र मानव समुदायलाई गम्भीर असर पार्ने घटनाहरूलाई विपत् (disaster) भनिन्छ । विपत् वा प्राकृतिक प्रकोप सामान्य अवस्थाभन्दा फरक र जटिल अवस्था हो । यो प्राकृतिक वा मानव सिर्जित कारणहरूबाट उत्पन्न हुन्छ र यसको व्यवस्थापन नियमित प्रक्रिति र सामान्य प्रकारको कार्य संयन्त्रबाट हुन सक्दैन । स्थिर एवम् नियमित प्रक्रिया भन्दा फरक ढङग्बाट अनियन्त्रित अवस्थाका सिर्जना भई समाजमा धनजनको क्षति हुने अवस्था नै विपत् हो, जस्तै: भूकम्प, बाढी, महामारी आदि । प्रकोप (hazard) भनिन्छ, जस्तै: मानव बस्तीमाथि भिरालो डाडाको टुप्पामा ठुला ठुला ढुङगाहरु हुनु । ती जुनसुकै बेला पनि खसेर धेरै धनजनको क्षति हुन सक्छ । प्रकोपबाट आइपर्ने क्षतिपुर्ण अवस्था नै विपत् हो । विपतको अवस्थामा जनजीवन अस्तव्यस्त बन्छ । यो आकस्मिक रूपमा आपर्छ । विपतमा भौतिक संरचना ध्वस्त भई मानिसहरूका लागि सुरक्षा, खाना, लुगाफाटा, औषधी उपचार तथा सामाजिक सेवा जस्ता दैनिक जीवनमा नभई नहुने वस्तु र सेवाहरू अविच्छिन्न रूपमा प्राप्त गर्न कठिनाइ हुन्छ । त्यसैले विपत्का अवस्थामा यी सेवाहरू बाहिरबाट आपूति गरिदिनु आवश्यक हुन्छ ।
|
Publisher:
GoN, UNESCO
,
(2016
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RISK REDUCTION, RISK MANAGEMENT, NATURAL DISASTERS, NATURAL PHENOMENA, EARTHQUAKES, FLOODS, LANDSLIDES, DROUGHT, EPIDEMICS, EROSION, TERRORISM, DISASTER RISK REDUCTION, DISASTER PREPAREDNESS, EMERGENCY PREPAREDNESS, PREDISASTER PLANNING, REHABILITATION, RECONSTRUCTION, EMERGENCY RELIEF, DISASTER RELIEF, HUMANITARIAN ASSISTANCE, BIODIVERSITY, DISASTER PREVENTION, EMERGENCY MEDICAL SERVICES, SANITATION, AFFORESTATION, GLOBAL WARMING, SEARCH AND RESCUE OPERATIONS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
624
times viewed
17
times downloaded. Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|