United Nations
Information Centre | Nepal
सिमसार:​ समाचार पत्र​- अंक १ (डिसेम्बर २००८)
PDF File Size: 395 KB | Download   
यही २०६५ भदौ २ गते कोशी नदीले पूवतर्फको तटबन्ध कटान गरी बहाव परिवर्तन गर्दै कोशी टप्पु वन्यजन्त आरक्ष अन्तर्गतका श्रीपुर, हरिपुर, पश्चिम कुशाहा, लौकही, घुस्की लगायतका गाविसहरु प्रभावित गरायो । बाढीले पु¥याएको क्षति र स्थानीय बस्तुस्थिती आंकलन एवं मध्यवर्ती क्षेत्रका वासिन्दालाई सहयोग गर्ने अभिप्रायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक डा. अन्नपूण नन्द दास र यस आयोजनाका जैविक विविधता विज्ञ हरिकृष्ण उप्रेतीको टोलीले बाढीग्रस्त क्षेत्रहरु क्रमशः आरक्ष मुख्यालय, कुशाहा, क्षतिग्रश्त तटबन्ध लगायत प्रकाशपुरको स्थलगत भ्रमण गरी आरक्ष र जैविक विविधतालाई पु¥याएको क्षति एवं मध्यवर्ती क्षेत्रका वासिन्दाको अवस्था, तिनको उद्वार लगायत अत्यावश्यक सामग्रीको सम्बन्धमा छलफल तथा बिचार–विमर्श गरेकोे थियो । सोही अवसरमा आयोजनाबाट उपलब्ध गराइएको नगद तथा जिन्सी विभागका महानिर्देशक तथा आरक्ष प्रमुख मार्फत सम्बन्धित पिडितहरुलाइ उपलब्ध गराइयो । बाढीले करिव ५०,००० स्थानीयवासीलाई प्रभावित बनायो । कोशी टप्पु वन्यजन्त आरक्षको मुख्यालय डुवानमा परेपछि आरक्ष प्रशासनले प्रकाशपुरस्थित पोष्टमा अन्तरिम व्यवस्था गरेका थियो ।
Publisher:
GoN, UNDP ,   (2009 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
WILDLIFE CONSERVATION, CONSULTANTS, FLOODS, RIVERS, TOURISM, MOUNTAIN AREAS, VEGETATION, LAKES, BUDDHISTS, ENVIRONMENT, INFORMATION, SOIL CONSERVATION, FOREST CONSERVATION, MACROECONOMICS, NATURAL RESOURCES, BIODIVERSITY, GEOGRAPHY, TECHNOLOGY, COMMUNICATIONS, TRAINING PROGRAMMES
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
03.07.00  -  Wildlife
Reference Link:
** This document has been:
1715  times viewed
7  times downloaded.
Feeder: SABINARAYAMAJHI , Editor: , Auditor:

View Document History
Related Topics