आज विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तन विश्वव्यापी ध्यान खिच्ने मुद्दा बनेको छ । नेपाल पनि विभिन्न प्रकारका प्रकोपको दृष्टिले जोखिमयुक्त क्षेत्रमा पर्छ, जस्तै: भूकम्प, बाढी, पहिरो, हिमपहिरा आदि । बाल बालिकाहरूमा सचेतना जगाउने र उनीहरूको व्यवहारमा परिवर्तन गरी विपतको पूवसावधानी अपनाउने, सही ढब्गले व्यवस्थापन गर्ने र अनुकुलित हुने सिपको विकास गराउनु आवश्यक छ । विपतका विभिन्न प्रकारका अवस्थामा आफू , आफ्नो परिवार र समाजमा कसरी जोखिमरहित ढङगले मिलेर बस्ने भन्ने सम्बन्धमा पनि विद्यालय स्तरका विद्यार्थीहरूमा ज्ञान एवम् सिप हुनु आवश्यक छ । यसै सन्दर्भमा विद्यालय तहका बालबालिकामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका ज्ञान एवम् सिप विकास गराउने ध्येयले यो सचेतनामूलक स्वाध्ययन सामग्री विकास गरिएको हो । यस सामग्रीमा नेपालमा आइपन सक्ने विभिन्न विपतहरू, जस्तैः पहिरो, बाढी र डुबान, भूकम्प, चत्याङ , आगलागी र डढेलो, सुनामी, ज्वालामुखी, भूक्षय, महामारी, खडेरी र मरुभूमिकरण आदिबारे परिचय दिइएको छ । ती विपत् आउन नदिनका लागि हामीले खेल्नुपर्ने भूमिका र विपत् परेको अवस्थामा अपनाउनुपर्ने सावधानीपूर्ण व्यवहारहरू समेट्ने प्रयास गरिएको छ यसैगरी विपत् पछिको अवस्थामा राहत, उद्धार र पुनःस्थापना गर्दा अपनाउनुपर्ने तरिकाहरू समेत समेटिएका छन् ।
|
Publisher:
GoN, UNESCO
,
(2016
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RISK REDUCTION, EARTHQUAKES, NATURAL DISASTERS, NATURAL PHENOMENA, FLOODS, LANDSLIDES, VOLCANOES, DROUGHT, DESERTIFICATION, STUDENTS, SEARCH AND RESCUE OPERATIONS, EMERGENCY RELIEF, DISASTER RELIEF, REHABILITATION, FIRES, EPIDEMICS, ENERGY CONSERVATION, WATER POLLUTION, CLIMATE CHANGE, BIODIVERSITY, ECOSYSTEM, DISASTER RISK REDUCTION, DISASTER PREPAREDNESS, PREDISASTER PLANNING, EMERGENCY PREPAREDNESS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
775
times viewed
19
times downloaded. Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|