United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिन (२०६४ बैशाख १८ गते)
PDF File Size: 175 KB | Download   
नेपालमा संविधानसभाको सफल चुनाव, जसले स्थायी शान्तिको लागि योगदान दिनेछ, त्यसमा योगदान दिनु नै अन्मिनको मुख्य उद्देश्य हो। यो सालका मनसुन अगावै त्यस्तो चुनाव गर्न सम्भव भएको भए हामी धेरै नै खुशी हुन्थ्यौँ। यो ढिलाइ, जसलाई साधारणतया अब अवश्यंभावीको रुपमा स्वीकार गरिसकेका छन्, त्यसलाई मेरो विचारमा कुनै विपत्तिको रुपमा लिइनु हुँदैन र यसलाई भावी सफलताको प्रत्याभूतिको रुपमा पनि लिइनु हुँदैन। म आशा गर्दछु कि अन्तरिम सरकारल निर्वाचन आयोगको सरसल्लाहमा एउटा नयाँ मिति तय गर्नेछ र उपलब्ध समयलाई शान्ति प्रक्रियाको मार्गमा बाधा अड्चन ल्याउने जटिल कतिपय सवालहरुलाई सम्बोधन गर्नमा प्रयोग गरिनेछ। आठ पार्टीद्वारा स्वीकृत साझा सहमतिका न्यूनतम कार्यक्रमको आधारमा बनेको र नागरिक समाज एवं सबै प्रजातान्त्रिक शक्तिद्वारा समर्थन गरिएको, एउटा शान्तिको एजेण्डा र समय तालिकाले शान्ति श्रृजना गर्न र शान्ति प्रक्रियामा विश्वास जगाउन मद्दत पुर्याउने हुन्छ।

English Version: http://un.info.np/Net/NeoDocs/View/621
#209 #621 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, CIVIL SOCIETY, ELECTIONS, CONSTITUTIONS, HUMAN RIGHTS, PEACE AGREEMENTS, ARMED FORCES, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1729  times viewed
385  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PALLAVI THAPA , Auditor:

View Document History
Related Topics