हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता (एएमएमएए) अनुसार नेपाल स्थित संयुक्त राष्ट्रसंघीय मिसनले नेपाली सेनाका हातहतियारहरुको दर्ता र भण्डारणको तीन दिने प्रकृया आज छाउनी व्यारेक काठमाडौमा समापन गरेको छ । यस कार्यले नेपाली सेनाको हातहतियारको दर्ता र माओवादी लडाकुहरु र हतियारको दर्ताका प्रथम चरणको कार्य समापन भएको छ ।
अनमिनले नेपाली सेनाको राईफलहरु, मेसिन गनहरु, सब–मेसिन गनहरु, पेस्टोलहरु र मोर्टारहरु लगायत २८५५ वटा हातहतियार दर्ता गरेको छ र ती हतियारहरु अहिले ताला लगाईएका कन्टेनरहरुमा भण्डारण गरिएका छन् । त्यसको साँचो नेपाली सेनाको कमाण्डर संग छ । अनमिनका हातहतियार अनुगमन कर्ताहरुले ती हतियारका विद्युतीय निगरानी सहित २४ सैं घण्टा अनुगमन गरीरहेका छन् ।
English Version: http://un.info.np/Net/NeoDocs/View/208
#208 #620 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEBUILDING, ARMAMENTS, CONFLICTS, ARMED CONFLICTS, ARMIES, FIREARMS, CONVENTIONAL WEAPONS, AMMUNITION, POLITICAL PARTIES,POLITICS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.04.00
- Disarmament And Military Questions
|
Reference Link:
|
|
|
** This document has been:
1201
times viewed
698
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PALLAVI THAPA
, Auditor:
View Document History
|
|
|
|