नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु ।
विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आह्वान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु, मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पुर्व लडाकुको भविष्य सुनिश्चित गन
र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरु सामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ ।
शान्ति प्रक्रियामा विशेषगरी हातहतियार एवं सेनाको अनुगमनसम्बन्धि सम्झौताको परिपालना गर्ने दिशामा दलहरुको प्रतिवद्धताको पूर्ण पालनाका लागि अनमिनले कार्य गर्नेछ एवं चुनावी प्रक्रियामा सहयोग तथा अनुगमन गर्नेछ । अगाडि रहेका चुनौतिहरुलाई नजरअन्दाज गन
मिल्दैन । त्यसैले चुनावका लागि उपयुक्त वातावरण तयार गर्ने र शान्ति सम्झौताका प्रभावकारी अनुगमन गर्ने दलहरुको प्रतिबध्दताको स्वागत गर्दछु जुन जिल्लाहरुमा सहि वातावरण बनाउन जरुरी हुन्छ र यसमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि जानकारी गराउन चाहन्छु । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानुनको प्रभावकारी कार्यान्वयन, मानवाधिकारको उल्लंघनको जवाफदेहिता र बृहत शान्ति सम्झौताको उल्लंघनको अन्त गन आगामी दिनमा सफलताका चुनौतिपूर्ण पक्षहरु हुन्।
English Version: http://un.info.np/Net/NeoDocs/View/206
#206 #616 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
899
times viewed
59
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|