United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघका महासचिवको नेपालस्थित विशेष प्रतिनिधि : इयान मार्टिनका : प्रेस वक्तव्य: चैत्र ८ २०६३ (मार्च २२, २००७)
PDF File Size: 48 KB | Download   
यहाँहरुलाई थाहा नै होला यो प्रेस सम्मेलन हिजो रौतहटमा भएको हत्याबारे थाहा पाउनुअगावै आयोजना गर्ने निधा गरिएको थियो । उक्त घटनाले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध तुल्याएको छ । यस्ता घटना हुन नदिन सकिन्थ्या र सक्नुपथ्र्यो । म अर्को के कुरामा पनि विश्वस्त छु भने यस्ता भयावह घटनाहरुले सबै दलका नेताहरुलाई आफना कार्यकर्ताको जीवन जोखिममा नपार्न तथा समस्त नेपालीहरु, खासगरी तराईवासी नेपालीहरुलाई सोचेर शान्तिपूर्ण ढंगल आफ्नो लक्षहरु पूर्ति गर्नेतर्फ घचघच्याउनेछन् । हिंसाले गर्दा उपयुक्त मागहरुसमेत ओझेलमा पर्नसक्छन् भने उत्तेजक कृयाकलापहरुले झन चर्को द्वन्द्व निम्त्याउन सक्छन् ।
अन्मिनको स्थापना विगत केही महिनादेखि निरन्तर प्रकृयाको रुपमा रहिआएको छ । हाम्रा प्रमुख अधिकृतहरुको आगमन शीघ्र गराउने सिलसिलामा हामीले सुरक्षा परिषदलाई आग्रह गरेअनुरुप त्यहाँबाट हतियार अनुगमनकर्ताहरु तथा निर्वाचन सल्लाहकारहरु नियुक्त गर्ने अधिकार प्राप्त गरिसकेका छौं । सो कार्य सुरक्षा परिषदबाट औपचारिक आदेश प्राप्त गर्नुभन्दा अगावै सम्पन्न भएको छ । यसबाट हामीलाई महत्वपूर्ण ढंगले कामको थालनी गरी वास्तविक कार्यक्षेत्रमा जान सजिला तुल्याएको छ । शान्ति प्रकृयालाई थप सहयोग गर्नका लागि अन्मिनको कार्यक्षमता बढाउनेतर्पm आज न्यूयोर्कमा एक महत्वपूर्ण कदम चालिनेछ । त्यस अवसरमा महासभाको पाँचौं समितिले अन्मिनलाई बजेट प्रदान गर्ने प्रस्ताव पारित गन अपेक्षा गरिएको छ । प्रशासकीय तथा बजेट सम्बन्धी सवालहरु हेर्ने सल्लाहकार समितिको सिफारिशअनुसार उक्त रकम अमेरिकी डलर ८८,८२२,००० हुनेछ । त्यो रकम महासचिवले आग्रह गरेको अमेरिकी डलर ९१,५२३,३०० भन्दा केही मात्र कम रहेको छ । अन्ततः अन्मिनको कर्मचारी संख्या सबैखाले अन्तर्राष्ट्रिय कर्मचारीहरु गरी ७०० भन्दा केही कम हुनेछ । यसअन्तरगत १८६ जना हतियार अनुगमनकर्ता र २५८ जना राष्ट्रसंघीय स्वयंसेवकहरु रहने छन् । साथै ४०० भन्दा कम राष्ट्रिय स्तरका कर्मचारीहरु हुनेछन्।
अन्मिनको उपस्थितिको एउटा लक्ष रहेको छः नेपाललाई विश्वसनीय ढंगले संविधान सभाको निर्वाचन गराउन सघाउनु । हतियार व्यवस्थापन त्यस्तो वातावरण सृजना गर्ने एउटा पक्ष हो । यस सन्दर्भमा हामीले पहिलो चरणको दर्ता प्रकृयाका परिणामहरु सार्वजनिक गर्दा उठेका केही विवादहरुबारे प्रष्ट्याउन चाहन्छु । सर्वप्रथम त माओवादी नेतृत्वको व्यक्तिगत सुरक्षाका सम्बन्धमा सरकार तथा नेकपा (माओवादी) बीच अझ पनि सहमति भइनसकेकोमा मलाई दुख लागेको छ । यस सहमति नभएको सन्दर्भमै अन्मिनले माओवादीद्वारा अस्थायी शिविरबाहिर राखिएका ९६ हातहतियार दर्ता गरेको छः तर त्यसको अर्थ अन्मिनले त्यसरी हतियार राख्न सहमति दिएको भन्ने बुझनु हुँदैन । उक्त मुद्दा राष्ट्रसंघको नभई सरकारसँग सम्बन्धित रहेको छ । दोस्रो कुरा के हो भने माओवादीहरुका प्रमुख हतियार सकेट बम तथा अन्य घरेलु विष्फोटक उपकरणहरु रहेको सर्वविदितै छ । तर ती अन्य हातहतियारसँगै दर्ता गरी राखिने कुरा कहिल्यै अपेक्षा गरिएको थिएन ।
सुरक्षाको दृष्टिले ती विष्फोटक तथा उपकरणहरु हरेक प्रमुख अस्थायी शिविरबाहिर सुरक्षित दूरीमा भण्डारण गरिन सहमति भएको थियो । तिनीहरु एकएक गरी गिन्ती गरिएका छैनन् तर सुरक्षाको दृष्टिले जमिनमुनि ओछ्याइएका विष्फोटक तथा घरेलु विष्फोटक उपकरणहरुसँग सम्बन्धित अन्मिनका विज्ञहरुद्वारा तिनको निरीक्षण गरिंदै आएको छ । स्याटलाइट स्थलबाट मुख्य अस्थायी शिविरहरुबाहिर सारिनु पर्ने घरेलु विष्फोटक उपकरणहरुको संख्या उल्लेख्य रहेको छ । विष्फोटक पदार्थ तथा उपकरणहरु नष्ट गर्नका लागि आवश्यक प्राविधिक सल्लाह प्रदान गर्न अन्मिन तत्पर रहेको छ ।
तेस्रो कुरा के हो भने माओवादी लडाकूका सबै हातहतियारहरु दर्ताका लागि प्रस्तुत गरिएको अथवा नगरिएको भन्न कुराको निक्र्यौल गर्ने निकाय राष्ट्रसंघ नभएको प्रष्ट्याउन चाहन्छु । तर माओवादी सेनाको उपकमाण्डरले भविष्यमा फेला पर्ने हतियारका बारेमा संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) लाई जानकारी गराउने जाहेर गरेको प्रतिवद्धताबार सबैको ध्यानाकर्षण गराउन चाहन्छु । साथै उनले अन्य हतियार फेला परे ती स्वतः गैरकानूनी ठहरिने प्रतिवद्धताबारे पनि ध्यानाकर्षण गराउन चाहन्छु । म माओवादीका साथै अवैधानिक ढंगले हतियार राखेका सबै पक्षलाई ती हतियार बुझाउन आग्रह गर्दछु । साथै सबै राजनीतिक दलहरुलाई हतियार सम्बन्धमा कानूनको सक्दो कडाइसाथ पालना गर्नगराउने दिशामा प्रहरीलाई सहयोग गरिदिनु हुन पनि आग्रह गर्दछु ।
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, CAMP MANAGEMENT, ELECTIONS, VIOLENCE
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1635  times viewed
317  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics