United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य (मार्च १३, २००७)
PDF File Size: 30 KB | Download   
माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधि ईयान मार्टिनले आज यस विषयमा माआवादी नेतृत्वसित कुरा उठाउनु भएकोमा उहाँहरुले उक्त समाचार गलत भएको जनाएका छन् । यस मिसनले माओवादीसंग थप स्पष्टिकरण माग गर्नेछ ।
यदि दर्ता नभएका कुनैपनि माओवादी सेनाका हतियार क्याम्पबाहिर भेटिएमा मिसन र संयुक्त अनुगमन संयोजन समितिल अनुसन्धान गर्ने छ। यस्ता दर्ता नभएका हतियार राख्नु जारी सम्झौताहरु विपरित मात्र मानिने छैन, त्यो गैरकानुनी समेत हुने छ । मिसन माओवादीलाई त्यस्ता दर्ता नभएका हतियारहरु संयुक्त अनुगमन संयोजन समिति समक्ष बुझाई आफ्ना प्रतिवद्धता पुरा गर्न पनि आह्वान गर्दछ ।
आउँदो संविधान सभाको निष्पक्ष र शान्तिपूर्ण चुनावका लागि पनि यस्ता कुनै पनि दर्ता नभएका हतियारहरु चाहे त्या माओवादीसंग होस् वा अन्य कुनै व्यक्ति वा समूहसंग होस् ति तुरुन्तै प्रहरीको नियन्त्रणमा हुनु अत्यन्त जरुरी रहेको कुरा मिसन महसुस गर्दछ ।

English version:http://un.info.np/Net/NeoDocs/View/203
#203#613#pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, ELECTIONS, ARMIES, LEADERSHIP, ARMED FORCES, WEAPONS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS, POLITICAL LEADERS, ARMAMENTS, DISARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1982  times viewed
433  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PALLAVI THAPA , Auditor:

View Document History
Related Topics