United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय महासचिवको नेपालस्थित विशेष प्रतिनिधि तथा अन्मिन प्रमुख: इयान मार्टिनको प्रेस विज्ञप्ति ९- चैत्र ९, २०६३ (मार्च २३, २००७)
PDF File Size: 32 KB | Download   
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन)का सदस्यहरु हिजो मानव अधिकार उच्चायुक्तको कार्यालय र अन्मिनको चैत्र ७ को दिन मधेसी जनता अधिकार फोरम(एमपीआरएफ) र नेकपा (माओबादी ) संग सरोकार राख्ने मधेसी मुक्ति मोर्चा (एमएमएम ) बीचको झडपमा कमसेकम २७ जना मानिस मरेको घटना सम्बन्धि संयुक्त अनुगमन कार्य सकी राति फर्केका छन् ।
हत्या प्रकरणले ग्रामिण ईलाकामा अझै पनि प्रहरी सक्रियताको कमी भएको महसुस गरिएको छ र यस्ता घटना दोहरिन नदिन यसलाई प्राथमिकताका साथ ध्यान दिनुपन आवश्यकताछ । राष्ट्रसंघीय मिसन प्रमुख ईयान मार्टिनले हिजो भन्नु भए अनुसार , घटनाका दोषीहरु प्हिचान गरी तिनलाई कारवाहि गर्नु पदछ । गौर हत्या प्रकरणल मधेशी जनअधिकार फोरम, मधेशी मुक्ति मोर्चा र सबै राजनीतिक समूहहरुलाइ आफ्नो राजनीतिक मुद्दा उठाउँदा हिंसाको बाटो त्याग्न जोड दिएको छ । हिंसाका प्रयोगले साँच्चिको समावेशी राष्ट्रिय छलफललाई झन कठिन बनाउने छ ।
ओएचसीएचआरले आफ्नो अनुसन्धान कार्यलाई जारी राखेको छ । मार्च २२ मा अघिल्लो दिन गौरमा भएको घटनाको विरोध गर्न ठूलो संख्यामा माओबादीहरु क्याम्पबाहिर निस्केका छन् । सो बिरोध प्रदर्शन शान्तपूर्ण रहेता पनि त्या हतियार तथा सेना व्यवस्थापन सम्झौता विपरित रहेको र त्यसले शान्ति प्रक्रिया प्रति जनताको विश्वासलाई नजरअन्दाज गर्नसक्ने जोखिम छ ।
अन्मिन सबै दलहरुलाई आफ्नो प्रतिबद्धता पूरा गर्नका लागि संयम र अनुशासित हुन आह्वान पनि गर्दछ ।
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.02.00  -  International Relations
Reference Link:
** This document has been:
1262  times viewed
47  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics