तराईमा भैरहेको मृत्यु, चोटपटक र सम्पतिहानिबारे आफ्नो खिन्नता व्यक्त गर्दै मैले अघिल्लो प्रेस विज्ञप्ति शुरु गर्नु परेको थियो, तर आज म सरकारी टोली र जनजाति लगायतका मधेशी संस्थाहरुका प्रतिनिधिहरुबीच हुन लागेको वार्ताबाट यो विज्ञप्ति शुरु गर्न पाउँदा हर्षित छु । यहाँहरुलाई विदितै छ कि संविधान सभा मार्फत नेपालको भविष्य बारे गरिनुपर्ने ऐतिहासिक निर्णयहरुमा पर्याप्त प्रतिनिधित्व होस् भन्ने महसुस गर्दै संयुक्त राष्ट्रसंघले महिला, दलित, मधेशी, जनजाति लगायतका सबै समूहहरुका महत्वलाई जोड दिएको छ । म शान्तिपूर्ण वार्तामार्फत यी वैधानिक मागहरुलाई प्रवद्र्धन गर्न सब सरोकारवालाहरुलाई आह्वान गर्ने कामलाई निरन्तरता दिन्छु ।
सम्पूर्ण अवरोध अवधिभरी नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन हतियार व्यवस्थापनको मूल कार्यमा केन्द्रित भएको छ र हतियार व्यवस्थापन कसरी भइराखेको छ भन्ने कुरा म आफैंले कैलाली र सुर्खेतमा देखेको छु । संयुक्त राष्ट्रसंधीय विकास कार्यक्रम (यु यन डि पि) द्वारा फिल्डमा पठाईएका दर्ता टोलीहरु अन्तरिम कार्य दल र माओवादी शिविर स्थल कमाण्डरहरु संगको उत्कृष्ट सहयोग र हाम्रा हतियार अनुगमनकर्ताहरुको सुपरिवेक्षणमा काम गरिरहेका छन् । हिजो मैले तीनवटा पश्चिमी शिविर स्थलमा दता भएका कुल हतियार तथा लडाकुहरु बारे सरकारका राजनीतिक प्रतिनिधिहरु र ने.क.पा.(माओवादी) लाई रिपोर्टिब गरें र आज बिहान जेनरल विलहेल्मसेनले सोहीबारे संयुक्त अनुगमन समन्वय समिति(जे.एम.सी.सी.) लाई रिपोर्टिब गर्नुभयो । आज दर्ता टोलीहरु पूर्वतिर लागेका छन् जहाँ सडक अवरोधका कारण मुख्य शिविरस्थलहरुमा प्रवन्ध मिलाउन केही ढिलो भएको छ । तर हामीले योजनाहरु तयार गरेका छौं जसले यसै हप्ताको अन्त्यमा सबै हतियारहरुको दर्ता र लडाकुहरुको दर्ताको पहिलो चरण पूरा गन सधाउ पुर्याउनेछ । त्यसपछि हामी सरकार तथा ने.क.पा.(माओवादी) नेतृत्वलाई हतियार तथा लडाकुहरुको पूर्ण संख्यावारे रिपोर्टिब गर्नेछौं र यिनलाई कसरी सार्वजनिक गर्ने भन्नेबारे सरकार तथा ने.क.पा.(माओवादी) संग छलफल गर्नेछौं ।
फ्रेवुअरिको अन्तसम्ममा संयुक्त अधिराज्य, सेरा लेओनए, स्विट्जरल्याण्ड, व्राजिल र गणतन्त्र कोरियाबाट गरि जम्मा ८० जना हाततियार अनुगमनकर्ताहरु आई पुग्नेछन् । नव आगन्तुकहरुले आफ्नो तालिम पूरागरिसके पश्चात हाम्रो भ्रमण र निरिक्षणहरुमा हामीलाई वल पुग्नेछ । हामीलाई आवतजावतलाई नभई नहुने गाडीहरु तराईका परिस्थितिल गर्दा भारतबाट आउनमा ढिलो भैरहेको छ । तर हामी यो हप्ता नै करिव ८० वटा गाडिहरु काठ्माडा आईपुग्ने आशामा छौं । हाम्रा शुरुका दुईवटा हेलिकप्टरहरु आज पहिलो परिक्षण उडानमा उड्दैछन् र एकपटक सबै कार्यविधिहरुको काम सकिएपछि आफ्नो काम सुचारु गर्ने छन् ।
English Version: http://un.info.np/Net/NeoDocs/View/200
#200 #611 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
947
times viewed
388
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|