United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: ईयान मार्टिन: संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि (२९ माघ २०६३)
PDF File Size: 43 KB | Download   
तराईमा भैरहेको मृत्यु, चोटपटक र सम्पतिहानिबारे आफ्नो खिन्नता व्यक्त गर्दै मैले अघिल्लो प्रेस विज्ञप्ति शुरु गर्नु परेको थियो, तर आज म सरकारी टोली र जनजाति लगायतका मधेशी संस्थाहरुका प्रतिनिधिहरुबीच हुन लागेको वार्ताबाट यो विज्ञप्ति शुरु गर्न पाउँदा हर्षित छु । यहाँहरुलाई विदितै छ कि संविधान सभा मार्फत नेपालको भविष्य बारे गरिनुपर्ने ऐतिहासिक निर्णयहरुमा पर्याप्त प्रतिनिधित्व होस् भन्ने महसुस गर्दै संयुक्त राष्ट्रसंघले महिला, दलित, मधेशी, जनजाति लगायतका सबै समूहहरुका महत्वलाई जोड दिएको छ । म शान्तिपूर्ण वार्तामार्फत यी वैधानिक मागहरुलाई प्रवद्र्धन गर्न सब सरोकारवालाहरुलाई आह्वान गर्ने कामलाई निरन्तरता दिन्छु ।
सम्पूर्ण अवरोध अवधिभरी नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन हतियार व्यवस्थापनको मूल कार्यमा केन्द्रित भएको छ र हतियार व्यवस्थापन कसरी भइराखेको छ भन्ने कुरा म आफैंले कैलाली र सुर्खेतमा देखेको छु । संयुक्त राष्ट्रसंधीय विकास कार्यक्रम (यु यन डि पि) द्वारा फिल्डमा पठाईएका दर्ता टोलीहरु अन्तरिम कार्य दल र माओवादी शिविर स्थल कमाण्डरहरु संगको उत्कृष्ट सहयोग र हाम्रा हतियार अनुगमनकर्ताहरुको सुपरिवेक्षणमा काम गरिरहेका छन् । हिजो मैले तीनवटा पश्चिमी शिविर स्थलमा दता भएका कुल हतियार तथा लडाकुहरु बारे सरकारका राजनीतिक प्रतिनिधिहरु र ने.क.पा.(माओवादी) लाई रिपोर्टिब गरें र आज बिहान जेनरल विलहेल्मसेनले सोहीबारे संयुक्त अनुगमन समन्वय समिति(जे.एम.सी.सी.) लाई रिपोर्टिब गर्नुभयो । आज दर्ता टोलीहरु पूर्वतिर लागेका छन् जहाँ सडक अवरोधका कारण मुख्य शिविरस्थलहरुमा प्रवन्ध मिलाउन केही ढिलो भएको छ । तर हामीले योजनाहरु तयार गरेका छौं जसले यसै हप्ताको अन्त्यमा सबै हतियारहरुको दर्ता र लडाकुहरुको दर्ताको पहिलो चरण पूरा गन सधाउ पुर्याउनेछ । त्यसपछि हामी सरकार तथा ने.क.पा.(माओवादी) नेतृत्वलाई हतियार तथा लडाकुहरुको पूर्ण संख्यावारे रिपोर्टिब गर्नेछौं र यिनलाई कसरी सार्वजनिक गर्ने भन्नेबारे सरकार तथा ने.क.पा.(माओवादी) संग छलफल गर्नेछौं ।
फ्रेवुअरिको अन्तसम्ममा संयुक्त अधिराज्य, सेरा लेओनए, स्विट्जरल्याण्ड, व्राजिल र गणतन्त्र कोरियाबाट गरि जम्मा ८० जना हाततियार अनुगमनकर्ताहरु आई पुग्नेछन् । नव आगन्तुकहरुले आफ्नो तालिम पूरागरिसके पश्चात हाम्रो भ्रमण र निरिक्षणहरुमा हामीलाई वल पुग्नेछ । हामीलाई आवतजावतलाई नभई नहुने गाडीहरु तराईका परिस्थितिल गर्दा भारतबाट आउनमा ढिलो भैरहेको छ । तर हामी यो हप्ता नै करिव ८० वटा गाडिहरु काठ्माडा आईपुग्ने आशामा छौं । हाम्रा शुरुका दुईवटा हेलिकप्टरहरु आज पहिलो परिक्षण उडानमा उड्दैछन् र एकपटक सबै कार्यविधिहरुको काम सकिएपछि आफ्नो काम सुचारु गर्ने छन् ।

English Version: http://un.info.np/Net/NeoDocs/View/200
#200 #611 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1483  times viewed
390  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics