राष्ट्र संघीय अनुगमनकर्ताहरु द्वारा नेपालको पश्चिम भागको हातहतियार भण्डारण र दर्ताको काम समाप्त भएको छ । या कुरा नेपालस्थित महा–सचिवका विशेष प्रतिनिधि ईयान मार्टिनले शुक्रवार आफ्नो कैलाली र सुर्खेतस्थित जनमुक्ति सेनाका शिविरस्थलहरुको भ्रमण पछि पुष्टि गरे ।
सातौं मुख्य शिवीरस्थलमा अन्तिम करिव सय जना लडाकुहरुको समूहको हात हतियारको दर्ता र भण्डारण कार्य भइरहेको बेला मार्टिन कैलाली पुगेका थिए । त्यहाँ उनलाई वरिष्ठ राष्ट्र संघीय हात हतियार अनुगमनकर्ता जनरल जान एरिक विल्हेलम्सेनले भेटेका थिए ।
सरकार र नेकपा (माओवादी) बिचको संझौता अनुरुप हातहतियारलाई कार्गो कन्टेनरहरु भित्र तख्ताहरुमा भण्डारण गरिन अगाडि दर्ता टोलीहरुले हातहतियारको क्याटलग गर्ने र बार कोड गर्ने काम गरेका थिए । यी कन्टेनरहरुमा ताला लगाउन र चौविसै घण्टा राष्ट्र संघले अनुगमन गर्ने गरिन्छ । सुर्खेतको हातहतियार भण्डारण कार्य विहिवार नै पूरा भएको थियो । मार्टिन त्यहाँ अपरान्ह पुगेका थिए ।
कैलालीमा मार्टिनलाई जनमुक्ति सेनाका कमाण्डर प्रज्वलले र सुर्खेतमा कमाण्डर प्रतीकले स्वागत गरेका थिए भने दुव जनाले शिविरहरुमा त्यहाँका अपर्याप्त भौतिक पूर्वाधारहरु बारेका गुनासाहरु पोखे ।
“पूर्वका दुईवटास्थलहरुमा बाहेक हातहतियारहरुको दर्ता र भण्डारणको कार्य अब सकिँदै छ । शान्ति प्रक्रियामा यो एउटा महत्वपूर्ण कडी हो । तर शिविरहरुको व्यवस्थापनको अवस्था निकै पछि परेको छ । म यि सवालहरु बारे सरकार संग कुरा उठाउन चाहन्छु ,”मार्टिनले भने ।
English Version: http://un.info.np/Net/NeoDocs/View/197
#608 #197 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.04.00
- Disarmament And Military Questions
|
Reference Link:
|
|
|
** This document has been:
1040
times viewed
655
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|