ईयान मार्टिन अब औपचारिक रुपमा नेपालका लागि महासचिवका विशेष प्रतिनिधि र नेपालस्थित राष्ट संघीय मिसन (अन्मिन) को प्रमुखमा नियुक्त भएका छन् । प्रत्युत्तरमा मार्टिनले आज निम्न विज्ञप्ति दिन भयोः
“नेपालमा शान्तिलाई निरन्तरता दिईरहन पाएकोमा म हर्षित छु । महासचिव बान की–मून द्वारा राष्ट संघलाई अनुरोध गरिए अनुसार शान्ति प्रक्रियाको सफलताको लागि गर्नु पर्ने सबै कार्य गर्न मलाई दिईएका जिम्मेवारी प्रति म आफु सम्मानित भएको ठान्दछु । मई २००५ मा नेपालमा पहिलो पटक आउँदा सशस्त्र द्वन्द पूर्ण रुपमा चर्केको थियो । छोटो अवधि भित्रम देशले कति प्रगति गर्न सकेको छ भन्ने कुरा मलाई अति महत्वपूर्ण लागेको छ । यद्यपि आत्मसन्तोष लिन वा नेपालमा स्थायी शान्ति कायम गर्ने काम सजिलो होला भनी ठान्नु भ्रम हुन्छ । हालैमा तराईमा भएका मृत्युहरुले नेपाल सामु विद्यमान चुनौतिहरु कति ठूला रहेछन् भन्ने बोध गराउँछ एवं यी कुराहरुको संवोधन सम्बाद र लचकताबाट गरिनु पर्ने आवश्यकता देखाउँछ । स्वतन्त्र र निस्पक्ष संविधान सभाको निर्वाचन अगाडी नै हात हतियारको धम्कि वा डर, त्रास हटाउन अझै धेरै परिश्रम गर्न बाँकि छ । नेपाली जनता द्वारा नेपाली जनताको लागि निर्देशित शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ आफ्नो तर्फबाट सहयोग गर्न तत्पर छ ।”
English Version: http://un.info.np/Net/NeoDocs/View/607
#196 #607 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE-BUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
799
times viewed
395
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PALLAVI THAPA
, Auditor:
View Document History
|
|
|
|