United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: ईयान मार्टिन: नेपालका लागि महासचिवको विशेष प्रतिनिधि नियुक्त (२६ माघ २६, २०६३)
PDF File Size: 26 KB | Download   
ईयान मार्टिन अब औपचारिक रुपमा नेपालका लागि महासचिवका विशेष प्रतिनिधि र नेपालस्थित राष्ट संघीय मिसन (अन्मिन) को प्रमुखमा नियुक्त भएका छन् । प्रत्युत्तरमा मार्टिनले आज निम्न विज्ञप्ति दिन भयोः
“नेपालमा शान्तिलाई निरन्तरता दिईरहन पाएकोमा म हर्षित छु । महासचिव बान की–मून द्वारा राष्ट संघलाई अनुरोध गरिए अनुसार शान्ति प्रक्रियाको सफलताको लागि गर्नु पर्ने सबै कार्य गर्न मलाई दिईएका जिम्मेवारी प्रति म आफु सम्मानित भएको ठान्दछु । मई २००५ मा नेपालमा पहिलो पटक आउँदा सशस्त्र द्वन्द पूर्ण रुपमा चर्केको थियो । छोटो अवधि भित्रम देशले कति प्रगति गर्न सकेको छ भन्ने कुरा मलाई अति महत्वपूर्ण लागेको छ । यद्यपि आत्मसन्तोष लिन वा नेपालमा स्थायी शान्ति कायम गर्ने काम सजिलो होला भनी ठान्नु भ्रम हुन्छ । हालैमा तराईमा भएका मृत्युहरुले नेपाल सामु विद्यमान चुनौतिहरु कति ठूला रहेछन् भन्ने बोध गराउँछ एवं यी कुराहरुको संवोधन सम्बाद र लचकताबाट गरिनु पर्ने आवश्यकता देखाउँछ । स्वतन्त्र र निस्पक्ष संविधान सभाको निर्वाचन अगाडी नै हात हतियारको धम्कि वा डर, त्रास हटाउन अझै धेरै परिश्रम गर्न बाँकि छ । नेपाली जनता द्वारा नेपाली जनताको लागि निर्देशित शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ आफ्नो तर्फबाट सहयोग गर्न तत्पर छ ।”

English Version: http://un.info.np/Net/NeoDocs/View/607
#196 #607 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE-BUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1673  times viewed
423  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PALLAVI THAPA , Auditor:

View Document History
Related Topics