United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय महासचिवको स्वकीय प्रतिनिधि: इयान मार्टिनको प्रेस विज्ञप्ती (४ माघ २०६३)
PDF File Size: 35 KB | Download   
मैले पछिल्लोपल्ट तपाईँहरूसँग कुरा गरेदेखि विभिन्न क्षेत्रमा धेरै कुराहरू भइसकेका छन् । मेरा न्यूयोर्कको यात्रा सुखद रह्यो । त्यहाँ मैले महासचिव वान की मून तथा सुरक्षा परिषदलाई नेपालबार जानकारी गराएँ । शान्ति सुदृढीकरणको दिशामा नेपालमा भएको निरन्तर प्रगतिबाट महासचिव तथा सुरक्षा परिषद दुवै उत्साहित भएका छन् । उनीहरू नेपाल सरकारको आग्रहअनुसार नेपालमा नयाँ संयुक्त राष्ट्रसंघीय नियोग स्थापना गर्ने कुरामा निकै उत्साही देखिए । त्यस नियोगलाई अन्मिन (ग्ल्क्ष्ल्) भनिनेछ । महासचिवको प्रतिवेदनका आधारमा तयार पारिएको अन्मिनको स्थापनासम्बन्धी प्रस्तावप्रति सुरक्षा परिषदले अग्रिम परामर्शहरू गरेको छ । नेपाली जनताद्वारा अर्को ऐतिहासिक उपलब्धिका रूपमा नेपालको अन्तरीम संविधान घोषणा भई अन्तरीम व्यवस्थापिका स्थापना भएका अवसरमा यी कदमहरू चालिनु उपयुक्त देखिन्छ ।
हामीले हतियार तथा सैन्यहरूको संयुक्त राष्ट्रसंघीय अनुगमन कार्यमा भएको महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका छौं । हाल पैंतीस सदस्यीय पूर्ण अग्रिम राष्ट्रसंघीय अनुगमनकर्ताहरूको टोली नेपालमा कार्यरत छ । अनुगमनकर्ताहरू नेपालगञ्ज तथा काठमाण्डूमा संचालन हुने गरी तैनाथ गरिएका छन् । साथै एक अग्रिम टोली विराटनगरमा कार्यालय स्थापनार्थ त्यस प्रस्थान गरेको छ ।
माओवादी सेनाका हतियार तथा लडाकूहरूको दर्ता कार्यको थाल्नी हिजो चितवन र नवलपरासीको तेस्रो तथा चौथो डिभिजन अस्थायी शिविरहरूमा भयो । हामीले आफ्ना आधारभूत केन्द तथा क्वार्टरहरू पनि सुर्खेतस्थित छैठौं डिभिजनस्थलमा स्थापना गरेका छौं । हामीले आउँदो साताका प्रारम्भमै त्यस्ता केन्द्रहरू सम्पूर्ण सातवटै मुख्य स्थलहरू स्थापना गरिसकेका हुनेछौं । दर्ता प्रकृयामा नेपाली दर्ता अधिकृतहरूलाई प्रशिक्षण दिंदै गरेका अफगानिस्तानस्थित युएनडीपीबाट सहयोगस्वरूप पठाइएका दर्ता विशेषज्ञहरू सम्मिलित टोलीहरूले सघाइरहेका छन् । यसका अतिरिक्त हामीले स्थलहरूमा अन्तरीम कार्यदलबाट राम्रो सहयोग तथा समर्थन प्राप्त गरिरहेका छौं ।
दर्ता प्रकृया सुचारु रूपले थाल्नी भएको छ । हामी स्थलहरूमा दर्ता हुने हतियार तथा व्यक्तिहरूको दैनिक लागतबारे जानकारी गराउने छैनौं । तर हामी उपयुक्त समयमा सम्बन्धित निकायहरूसँग उक्त जानकारी आदानप्रदान गरिरहने छौं । सोबारे प्रकृया समाप्त भएपछि
मात्र सार्वजनिक हुने कुरामा विश्वस्त छौं ।
हाम्रा अनुगमनकर्ताहरूले नेपाल सेनाका कमाण्डरहरूसँग भेट्ने तथा अन्तरक्रिया गर्नेखालका फलदायी स्थलगत भ्रमणहरू पनि गरेका छन् । नेपाल सेनाले पनि सम्झौताअनुसार एकल साँचा व्यवस्थापनअन्तरगत दर्ता प्रकृया समाप्त हुनासाथ चाँडै नै उतिकै संख्यामा आप्mना हातहतियारहरू भण्डारण गर्ने कुरामा विश्वस्त छौं ।
हाम्रा अनुगमनकर्ताहरूले नेपाल सेनाका कमाण्डरहरूसँग भेट्ने तथा अन्तरक्रिया गर्नेखालका फलदायी स्थलगत भ्रमणहरू पनि गरेका छन् । नेपाल सेनाले पनि सम्झौताअनुसार एकल साँचा व्यवस्थापनअन्तरगत दर्ता प्रकृया समाप्त हुनासाथ चाँडै नै उतिकै संख्यामा आप्mना हातहतियारहरू भण्डारण गर्ने कुरामा विश्वस्त छौं ।
आज बिहान मात्रै संयुक्त अनुगमन समन्वय समितिको सातौं बैठक बस्यो । संचार, समन्वय तथा सूचना आदानप्रदानसम्बन्धी यस महत्वपूर्ण संयन्त्रभित्र तीनवटै पक्षले देखाएको भव्य सहयोगबाट हामी निक हर्षित भएका छ । छलफल गरिएका विभिन्न सवालहरूमध्य संयुक्त अनुगमन समन्वय समितिले स्याटलाइट अस्थायी शिविर सबैमा सहमति जनाएको छ । एउटाको स्थान परिवर्तन गर्ने काम आज गरिंदैछ ।
सोमवार हाम्रो प्रमुख निर्वाचन सल्लाहकार, डा. फिदा नसरल्लाहको आगमनसँगै हाम्रो अन्तर्राष्ट्रिय निर्वाचन सहयोग टोलीको संख्या बढ्दो छ। प्रमुख निर्वाचन आयुक्तको निमन्त्रणामा उक्त टोली आप्mना कार्यालय निर्वाचन आयोगमा स्थान्तरण गर्ने प्रकृयामा छ । यसबाट उनीहरूलाई आफना समकक्षीहरूसँग झन निकट रही काम गर्न सजिलो हुनेछ । अन्तर्राष्ट्रिय निर्वाचन सहयोग टोलीले मतदाता दर्ता प्रकृयाका
लागि व्यापक अनुदान सहयोग प्राप्त गर्ने दिशामा पनि महत्वपूर्ण प्रगति गरेको छ । कानूनी ढाँचाका विकाससँगै हाल संयुक्त राष्ट्रसंघीय प्राविधिक सहयोगका कार्यहरू उपकरणहरू, अनुदान समन्वय तथा सहयोग प्राप्त गर्न सघाउने कुरामा केन्द्रित छन् ।
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.02.00  -  International Relations
Reference Link:
** This document has been:
1208  times viewed
34  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics