राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको नेपालबारेको उत्साहप्रद छलफल एवं राष्ट्रसंघीय अनुगमनकर्ताहरूल अर्को सातादेखि माओवादीको हातहतियार र सैन्यको दर्ता कार्यको थाल्नी गर्ने हुँदा महासचिवका नेपालस्थित स्वकीय प्रतिनिधि इयान मार्टिनले न्यूयोर्कमा शुक्रबार भन्नु भयोः “शान्ति प्रकृया एउटा अका महत्वपूर्ण मोडमा आइपुगेको छ र यी दुवै विषयमा निरन्तर प्रगति कायमै रहने कुरा हामी अपेक्षा गर्दछ।”
मार्टिनले बिहिबार सुरक्षा परिषदमा महासचिवको नयाँ प्रतिवेदनबारे जानकारी गराउँदै टिप्पणी गर्नु भएको हो । उक्त प्रतिवेदनमा महासचिवले नेपालमा चालू शान्ति प्रकृयालाई सघाउन संयुक्त राष्ट्रसंघद्वारा एउटा पूर्ण राजनीतिक नियोग स्थापना गर्नका लागि प्रस्ताव राख्नु भएको छ ।
परिषदमा भएका बन्द सत्रको छलफलपश्चात सुरक्षा परिषदका अध्यक्ष तथा रुसी महासंघका स्थायी प्रतिनिधि राजदूत भिटाली चुर्किनले पत्रकारहरूलाई सुरक्षा परिषदका सदस्यहरू शान्ति प्रकृयामा संलग्न “सकारात्मक आयामहरू” प्रति सन्तुष्ट रहेको र नियोगको यथाशीघ्र स्वीकृतिका लागि मार्टिनले गरेका आह्वान तथा शान्ति प्रकृयामा उदार अन्तर्राष्ट्रिय सहयोगबारे सकारात्मक ढंगल प्रतिक्रिया जनाउन इच्छुक रहेको कुरा बताउनु भयो ।
English version: http://un.info.np/Net/NeoDocs/View/192
#192 #604 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE PROCESS, PEACE AGREEMENT, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ELECTIONS, CONSTITUTIONS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.02.00
- International Relations
|
Reference Link:
|
|
|
** This document has been:
1567
times viewed
450
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|