United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति (१२ जनवरी २००७)
PDF File Size: 34 KB | Download   
राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको नेपालबारेको उत्साहप्रद छलफल एवं राष्ट्रसंघीय अनुगमनकर्ताहरूल अर्को सातादेखि माओवादीको हातहतियार र सैन्यको दर्ता कार्यको थाल्नी गर्ने हुँदा महासचिवका नेपालस्थित स्वकीय प्रतिनिधि इयान मार्टिनले न्यूयोर्कमा शुक्रबार भन्नु भयोः “शान्ति प्रकृया एउटा अका महत्वपूर्ण मोडमा आइपुगेको छ र यी दुवै विषयमा निरन्तर प्रगति कायमै रहने कुरा हामी अपेक्षा गर्दछ।”
मार्टिनले बिहिबार सुरक्षा परिषदमा महासचिवको नयाँ प्रतिवेदनबारे जानकारी गराउँदै टिप्पणी गर्नु भएको हो । उक्त प्रतिवेदनमा महासचिवले नेपालमा चालू शान्ति प्रकृयालाई सघाउन संयुक्त राष्ट्रसंघद्वारा एउटा पूर्ण राजनीतिक नियोग स्थापना गर्नका लागि प्रस्ताव राख्नु भएको छ ।
परिषदमा भएका बन्द सत्रको छलफलपश्चात सुरक्षा परिषदका अध्यक्ष तथा रुसी महासंघका स्थायी प्रतिनिधि राजदूत भिटाली चुर्किनले पत्रकारहरूलाई सुरक्षा परिषदका सदस्यहरू शान्ति प्रकृयामा संलग्न “सकारात्मक आयामहरू” प्रति सन्तुष्ट रहेको र नियोगको यथाशीघ्र स्वीकृतिका लागि मार्टिनले गरेका आह्वान तथा शान्ति प्रकृयामा उदार अन्तर्राष्ट्रिय सहयोगबारे सकारात्मक ढंगल प्रतिक्रिया जनाउन इच्छुक रहेको कुरा बताउनु भयो ।

English version: http://un.info.np/Net/NeoDocs/View/192
#192 #604 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, PEACE AGREEMENT, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ELECTIONS, CONSTITUTIONS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.02.00  -  International Relations
Reference Link:
** This document has been:
2568  times viewed
450  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics