United Nations
Information Centre | Nepal
ने‌पालमा दण्डहीनता: अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकार‌ सुर‌क्षाको‌ परिप्रेक्ष्य
PDF File Size: 1.44 MB | Download   
ने‌पाल लामो‌ समयदेखि राजनीतिक सङ्क्रमणबाट गुज्रिंदै छ । सङ्क्रमणकाल अने‌क जटिलताहरुसहित आउने‌ भएकाले‌ र‌ज्यका औ‌पचारि‌क, वै‌धानिक कानुन र‌ उपर्युक्त कानुनको‌ कार्यान्वयनको‌ वास्तविक अवस्थाबीचमा तादात्म्य नहुने‌ यथार्थ ने‌पालको‌ परिप्रेक्ष्यमा पनि सान्दर्भिक देखिएको छ। एकातिर‌, ने‌पालको‌ संवैधानिक एवं अन्य कानुनी व्यवस्थाले‌ कानुनी शासन र‌ मानवअधिकार‌को‌ प्रत्याभूति गर‌े‌को‌ दे‌खिन्छ । अर्कोतिर, ने‌पालमा गम्भीर‌ मानवाधिकार‌ हनन/अतिक्रमका घटनाहरु भइरहेका र कानुनी शासनको प्रतिबध्दताविपरित दण्डहीनता मौ‌लाएको‌ व्यावहारि‌क यथार्थ पनि छ । दशक लामो‌ सशस्त्र द्वन्द्वबाट पीडित भएको‌ दे‌शमा द्वन्द्वो‌त्तर‌ समयमा पनि कानुनी शासनको‌ प्रभावकार‌ी कार्यान्वयनमा अने‌क समस्या र‌हे‌ । यसबीचमा पनि दे‌श दण्डहीनताले‌ आक्रान्त नै‌ रह्यो । दुईवटा संविधानसभा हुँदै‌ अन्ततो‌गत्वा नयाँ संविधान आएको‌ भए तापनि कानुनी शासन र‌ मानवाधिकार‌को‌ सुनिश्चितता व्यावहारि‌क रूपमै‌ हुने‌ हो‌ वा अझै‌ सङ्क्रमणकालीन अवस्था लम्बिने‌ हो‌ भन्ने‌चाहिँ स्पष्ट भइसकेको छै‌न। दण्डहीनताको‌ निराकण कसरी हुन्छ भन्ने सवाल यसबीचमा उत्तिकै महत्वपूर्वक विध्यमान रहेको छ ।
Publisher:
UNESCO ,   (2015 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
IMPUNITY, ACTS OF IMPUNITY, PROSECUTION, PUNISHMENT, CRIMINAL LAW, LAW, CONSTITUTIONS, HUMAN RIGHTS, FREEDOM, LIBERTY, AMNESTY, RULE OF LAW, JOURNALISTS, REPORTERS, PRESS, FREEDOM OF THE PRESS, GUILT, CONFESSION
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
14.04.02  -  Crime And Criminal Justice
Reference Link:
** This document has been:
1807  times viewed
14  times downloaded.
Feeder: SUNAYANA , Editor: , Auditor:

View Document History
Related Topics