लैङ्गिक हिंसा एउटा सामाजिक समस्याकै रूपमा रहेको छ । यसबाट खासगरी महिला र बालबालिकाहरू बढी प्रभावित हुने गरेका छन् । यसले उनीहरूमा शारीरिक, मानसिक, मनोवैज्ञानिक एवम् यौनजन्य असर पानुका साथै उनीहरूको समग्र विकास, सुरक्षा, सामाजिक जीवन तथा न्यायप्राप्तिमा समेत गम्भीर प्रभाव पार्दछ । तसर्थ, कसैलाई पनि लैङ्गिक हिंसाको शिकार हुन नदिनु र भइहालेमा तत्कालै सोको उपचार र न्यायप्राप्तिको व्यवस्था गर्नु वाञ्छनीय भएकाल नेपाल सरकारबाट स्वीकृत लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९/२०७०—२०७३/२०७४ को दफा ८ (क) (४) अनुसार लैङ्गिक हिंसासम्बन्धी मुद्दामा उपचार र सहयोग गर्न स्वास्थ्यकर्मीहरूका लागि यो क्लिनिकल प्रोटोकल तयार गरी जारी गरिएको छ । लैङ्गिक हिंसा, सामाजिक तथा मानवअधिकारसँग सम्बन्धित गम्भीर विषय हो । यसले सिङ्गो समाजलाई नै असर पुर्याउँंदछ । महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने संयुत्त राष्ट्रसब्घीय महासन्धिले गरेको परिभाषा अनुसार, “लैङ्गिक हिंसा भनेको त्यस्तो हिंसा हो जो महिला भएर जन्मेकै कारण महिला विरूद्ध हुने गर्दछ, अथवा त्यस्तो हिंसा जसले असमान ढङ्गमा महिलालाई प्रभाव पारेको हुन्छ । यसमा शारीरिक, मानसिक र यौनिक रूपमा महिलामाथि चोट,हानी वा नोक्सानी पु¥याउने वा दुःख दिने, धम्की, बाध्यता वा बलपूर्वक महिलाको स्वतन्त्रता हनन् गर्ने जस्ता लैङ्गिक विभेदमा आधारित हिंसाका कार्यहरू पर्दछन्।
|
Publisher:
UNFPA, GoN
,
(2015
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
GENDER BASED VIOLENCE, WOMEN, CHILDREN, VIOLENCE, VIOLENCE AGAINST WOMEN, SEXUAL VIOLENCE, GENDER, DISCRIMINATION, GENDER DISCRIMINATION, GENDER MAINSTREAMING, FREEDOM, WOMENS RIGHTS, HUMAN RIGHTS, RAPE, SOCIAL PROBLEMS, PREGNANCY, ABORTION, HEALTH, WOMENS HEALTH, HEALTH CENTRES, HEALTH SERVICES, CLINICS, HIV/AIDS, AIDS, AIDS PREVENTION, AIDS CONTROL
|
Thematic Group: UNFPA
:
Population studies
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1464
times viewed
6
times downloaded. Feeder:
LEELASHRESTHA
, Editor:
RAJENDRA MAN BANEPALI
, Auditor:
View Document History
|
|
|
|