|
#26 UN Essay 2015: मेरो संयुक्त राष्ट्र संघ- भविष्यको उद्देश्य
|
भिन्न–भिन्नराष्ट्रहरुका बीचबाट जन्मेको एक सुसङ्गठित र अभिन्न संङ्गठन हो संयुक्त राष्ट्र संघ(सं.रा.सं.)। मानवजाति र धर्तीका विनाश होइन विकास, विवाद र समस्या समाधानका लागि युद्ध होइन संवाद, सुन्दर पृथ्वीमा युद्धको आगो दन्काउन होइन शान्ति, सौहार्द्रता, सद्भावनाको आवाज घन्काउन चाहनु, संसारलाई प्रथम र दोश्रो विश्वयुद्ध जस्तो अर्को युद्धको ज्वालामा भष्मिभूत हुन नदिन यसको लक्ष्य हो। राष्ट्र–राष्ट्रका बीचबाट जन्मेका विवाद र मतभेदहरु युद्धमा अनुवाद हुन नपाऊन भन्ने पवित्र चाहना राखेर दोश्रा विश्वयुद्ध(१९३९-१९४५)का अवधिभित्रै 'अटलान्टिक घोषणापत्र’(१९४१)मा कुरो उठेर 'मस्को सम्मेलन’(१९४३)मा रुपरेखा तयार भई 'माल्टा सम्मेलन’(१९४५)मा परिपक्व हुँदै सन १९४५ मा सन फ्रान्सिस्कोमा ५० भन्दा बढी राष्ट्रहरुले एक मत भएर जर्मन र जापानजस्ता युद्धोउन्मादीहरुको सत्तोसराप गर्दै एउटा युद्धविरोधी संङ्गठण सं.रा.सं.को निर्माण हुन पुग्यो ।
Writer: Pradeep Rai, hangkhimpdp@gmail.com
#UNEssay2015
|
Publisher:
UNIC
,
(2015
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
#UNEssay2015
|
Thematic Group: UNIC
:
UNITED NATIONS INFORMATION CENTRE
|
Thesaurus:
02.04.00
- Development
|
Reference Link:
|
|
|
** This document has been:
1044
times viewed
11
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|