United Nations
Information Centre | Nepal
राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा
PDF File Size: 314 KB | Download   
मुलुकमा दैवी प्रकोप उद्धार ऐन, २०३९ अनुसार विपद् प्रतिकार्यका क्रियाकलापहरु भइरहेको तथा विपद् व्यवस्था राष्ट्रिय रणनीति, २०६६ अनुसार विपद् जोखिम व्यवस्थापनका सवै चक्रहरुको सु–संचालन तथा समन्वय गर्न राष्ट्रिय स्तरको विपद प्रतिकार्य योजना बनाई विपद् जोखिम व्यवस्थापनमा संलग्नन हुने सवै सरकारी तथा गैरसरकारी निकायहरुको भूमिका सुनिश्चित गर्नका लागि यो राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा निर्माण गरिएका छ। नेपालमा ठूलो विपद् परेको अवस्थामा प्रभावकारी र समन्वयात्मक रूपले राष्ट्रिय तहको प्रतिकार्यका लागि दिशानिर्देश गर्न राष्ट्रिय विपद् प्रतिकार्य कार्यढांचाको मूल उद्देश्य रहेको छ । विपद् हुनुभन्दा अगाडि, भइरहेको समयमा र विपद्पश्चात् तुरुन्त गरिने कार्य तथा जनधनको सुरक्षा, कानुनको पालना; विरामी, घाइते र जोखिममा परेका व्यक्तिको हेरचाह, जीवन रक्षाका लागि आवश्यक पर्ने सामग्री प्रदान गर्ने र सार्वजनिकसम्पत्तिको संरक्षणका लागि गरिने कार्यहरुलाई राष्ट्रिय विपद् प्रतिकार्यका कार्यक्षेत्रकोरुपमा लिइएको छ । राष्ट्रिय, क्षेत्रीय, जिल्ला र स्थानीय तहको विपद् प्रतिकार्यका लागि पूर्वतयारी र आपत्कालीन प्रतिकार्यमा क्रियाशील रहनेगरी यस कार्यढांचाको कार्यसीमा निर्धारण गरिएको छ । यो कार्यढाँचा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको सिफारिसमा नेपाल सरकार (मन्त्रिपरिषद) वाट स्वीकृत भएपछि तुरुन्त लागू हुनेछ ।
Publisher:
GoN, UNICEF ,   (2013 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
DISASTER, DISASTER PREPAREDNESS, DISASTER MITIGATION, DISASTER RELIEF, DISASTER REDUCTION, RISK, MANAGMENT, NATURAL PHENOMENA, NATURAL DISASTER, STRATEGY, HUMANITARIAN EMERGENCIES, HUMANITARIAN ASSISTANCE, HUMANITARIAN INTERVENTION
Thematic Group:
 UNICEF : Children Fund
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1523  times viewed
7  times downloaded.
Feeder: LEELASHRESTHA , Editor: , Auditor:

View Document History
Related Topics