United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन मध्यपश्चिम तराईका तीन जिल्लाहरूमा जग्गा कब्जा
PDF File Size: 350 KB | Download   
भूस्वामित्वका ढाँचाहरू तथा तिनमा विद्यमान असमानताहरूलाई नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका मुख्य कारकहरू मध्ये एकका रूपमा मानिन्छ । त्यस अवधिमा सार्वजनिक तथा निजी जग्गाका ठुला प्लटहरूका साथै अन्य सम्पत्तिहरू मुख्यतः माओवादीहरूद्वारा कब्जा गरिएका थिए । माओवादीका नेतृत्वले ।।।जमिन जोत्नेको’ भन्ने सिद्धान्तमा आधारित भएर सामन्ती जमिनदारहरूको सम्पत्ति कब्जा गरी त्यसलाई ा किसानहरूमाझ वितरण गर्नु नै आफ्नो एक आधारभूत नीति भएको कुरा बताएज्ञ विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सन् २००६ मा द्वन्द्वको अन्त्य भयो । विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरूका बिचमा भएको १२ बुँदे समझदारीमा कब्जा गरिएका सम्पति फिर्ता गर्ने, वैज्ञानिक भूमिसुधारका नीति निर्माण गर्ने र नयाँ जग्गाहरू कब्जा नगर्ने भन्ने कुराहरू समावेश गरिएका थिएद्द ।
सन् २०१० मा प्रकाशित कार्टर सेन्टरको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, तराईमा कब्जा गरिएका जग्गा मध्य अधिकांश फिर्ता भइसकेको भएता पनि द्वन्द्वका बेला कब्जा गरिएको जमिनको क्षेत्रफलका आधारमा सबभन्दा बढी प्रभावित क्षेत्र मध्य– तथा सुदूरपश्चिमी तराईमा कम जग्गा मात्र फिर्ता भएको छघ । सन् २०११ को सेप्टेम्बरमा प्रधानमन्त्री भट्टराईले घोषणा गरेको राहत प्याकेजले कब्जा गरिएका सबै सम्पत्ति तीन महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियोद्ध । सन् २०११ को नोभेम्बर १ मा प्रमुख राजनीतिक दलहरू बिच भएको सात बुँदे सहमतिले अझ अगाडि बढेर सन् २०११ को नोभेम्बर २३ भित्र फिर्ती प्रव्रिmया पूरा गरिसक्ने प्रतिबद्धता जनायो छ । यद्यपि, एनेकपा माओवादी भित्रको आन्तरिक द्न्दको कारणले गर्दाे अभैm पनि धेरै जग्गा कब्जामा रहेको मध्य पश्चिम क्षेत्रमा सा सम्झौता कार्यान्वयन गर्नमा चुनौती खडा गर्न सक्नेछट । दाब, बाँके र बर्दियामा प्रमुख जिल्ला अधिकारीहरूले जिल्ला स्तरमा राजनीतिक दलहरूसित परामर्श गर्न थालेका छन् । यद्यपि, जग्गा सम्बन्धी विषय तथा जग्गा फिर्तीको सेरोफेरोमा रहेको जटिलताले गर्दा निर्धारित समय–सीमाभित्र यसलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण हुनेछ ।
यस स्थलगत बुलेटिनले मध्य–पश्चिम तराईका दाब, बाँके र बर्दिया जिल्लाहरूमा सशस्त्र द्वन्द्वका बेला कब्जा गरिएका निजी जग्गाको अवस्थाको अन्वेषण गर्दछ ।
Publisher:
UNRCHCO ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
CONFLICT, ARMED CONFLICTS, POLITICAL OPPOSITION, PUBLIC PARTICIPATION, POPULAR PARTICIPATION, COMMUNITY PARTICIPATION, EMPOWERMENT, LOCAL DEVELOPMENT, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1029  times viewed
3  times downloaded.
Feeder: ANG1EE12 , Editor: , Auditor:

View Document History
Related Topics