२०५५ सालको स्थानीय स्वायत्त शासन ऐनज्ञ अनुसार स्थानीय सरकारका सबै अब्गहरू सहभागितामूलक विकास योजनाको प्रव्रिmया लागू गर्न बाध्य छन् । यसका लागि निश्चित क्षेत्रमा कार्यरत गैससहरू तथा सेवा प्रदायक निकायहरूल तिनका योजना, स्रोत परिचालन तथा सेवा प्रदान गर्नका लागि सम्बन्धित स्थानीय निकायहरूसित समन्वय गर्नु पर्दछ।
सो ऐनले स्थानीय आवश्यकतामाथि जोड दिँदै योजनाहरू वडा तहमै बनाउन निर्देशन गर्दछ । वडाध्यक्षले वडाका योजना गाविस अथवा नगरपालिकामा पेस गर्दछन्, जसल गाविस÷नगरपालिकाको योजनाद्द तयार गर्दछ । गाविस तथा नगरपालिकाका स्रोतहरू उपयोग गरेर
कार्यान्वयन गर्न सकिने कार्यव्रmमहरूलाई जिल्लामा पठाउन पर्दैन । यद्यपि जिल्ला अथवा राष्ट्रिय तहको सहयोग चाहिन कार्यव्रमहरूका बारेमा इलाका तहमा छलफल गरिन्छ, जहा प्राथमिकता निर्धारण प्रव्रिmया चल्दछ । छनोट गरिएका कार्यव्रमहरूलाई सम्बन्धित जिल्लामा पठाइन्छ। तिनमा जिविसका क्षेत्रीय समितिहरूले अर्को छनोट तथा स्वीकृति प्रव्रिया सञ्चालन गर्दछन् र त्यसपछि अन्तिम निर्णय गरेर एकीकृत योजना समिति समक्ष पेस गर्दछन् । सो समितिले ती जिल्ला विकास योजनाहरूलाई स्वीकृतिका लागि जिल्ला परिषद्मा पेस गर्दछ ।
जल्ला स्तरमा स्वीकृत भएका कार्यव्रमहरूलाई राष्ट्रिय योजना आयोगमा स्वीकृतिका लागि पठाइन्छ । त्यसपछि सम्बद्ध मन्त्रालयहरूले बजेट तर्जुमा गर्नुपर्दछ, जसलाई अर्थ मन्त्रालयमा बजेट बाँडफाँडका लागि पठाइन्छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यव्मद्वारा थालिएका थप कदमहरू र सामाजिक परिचालकका कार्यले गदा पछिल्ला वर्षहरूमा योजना तर्जुमा प्रक्रियामा निर्धारित कार्यविधिसँग सम्बन्धित प्रतिबद्धताहरूमा उल्लेखनीय सुधार महसुस गरिएको छ । सन् २००२ मा निर्वाचित अब्गहरू भब्ग भएपछि तथा त्यसपछि सर्वदलीय संयन्त्रको स्थापनाल पनि योजना प्रक्रियालाई प्रभावित पारेको छ र लामो समयसम्म निर्वाचित अब्ग नहुँदा त्यसले ती योजना तर्जुमा प्रक्रियामा सर्वसाधारण नागरिकको परिचालन तथा सहभागितामा समेत नकारात्मक असर पारेको छ । स्थानीय समुदाय तथा सरोकारवालाहरूबाट प्राप्त अपुष्ट प्रमाण अनुसार यस प्रक्रियाको परामर्श सम्बन्धी प्रक्रियाहरूमा अझै पनि ठुला खाडल रहेको देखिन्छ । यस स्थलगत बुलेटिनले दुई ओटा जिल्लाहरूका योजना तर्जुमा प्रक्रियामा जनसहभागिताको मात्रा अवलोकन गर्दछ । यो बुलेटिन मुख्यतः जिल्ला तथा गाविस स्तरमा विद्यमान विभिन्न सरोकारवालाहरूसँग लिइएका अर्धसंरचित अन्तर्वार्ताहरूको पुनरावलोकनमा आधारित छ । हाल विद्यमान अवस्थाका बारेमा पत्ता लागेका केही सामान्य कुराहरू अरू जिल्लाहरूमा पनि उस्तै हुन सक्दछन् भने अन्य कतिपय कुराहरू विशेषतः ती भ्रमण गरिएका जिल्लाहरूसँग मात्र सम्बन्धित हुन सक्दछन् ।
#UNOHCHR #2012
|
Publisher:
UNRCHCO
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
CIVIL SOCIETY, POLITICAL OPPOSITION, PUBLIC PARTICIPATION, POPULAR PARTICIPATION, COMMUNITY PARTICIPATION, EMPOWERMENT, LOCAL DEVELOPMENT, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS, CHILD RIGHTS, CASTE, CLASS, CAPACITY BUILDING
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1139
times viewed
6
times downloaded. Feeder:
ANG1EE12
, Editor:
PRAFFUL SHRESTHA
, Auditor:
View Document History
|
|
|
|