नेपालको विस्तृत शान्ति सम्झौताले समता, समावेशीकरण, जवाफदेहिता, असल शासन र राज्यको पुनर्सरचनासम्बन्धी आप्नो महत्वाकांक्षी र रुपान्तरणकारी एजेण्डाका माध्यमबाट नेपालका विकास साझेदारहरुका लागि शान्ति निर्माणसम्बन्धी एउटा खाका प्रस्तुत गरेको छ । राजनीतिक दस्तावेजमा विस्तृत व्याख्या गरिएका यी ।।।कारक तत्वहरु’लाई दीर्घकालीन विकास प्रक्रिया र कार्यक्रमहरुको माध्यमबाट ठोस रूपमा सम्बोधन गरिनुपर्दछ । यही वास्तविकतालाई स्वीकार्दै नेपालका विकास साझेदारहरुले यो शान्ति तथा विकास रणनीतिको तर्जुमा गरेका छन् । रणनीतिल विस्तृत शान्ति सम्झौताको कार्यान्वयनलाई मद्दत गर्न नेपालका विकास साझेदारहरु कसरी मिलेर काम गर्न सक्छन् भन्ने विषयमा एउटा खाका उपलब्ध गराउने उद्देश्य राखेको छ । यसले आर्थिक सहयोग तथा विकास सब्गठन (ओइसीडी)को विकास सहयोग समिति (डिएसी)ले पहिचान गरेको शान्ति निर्माण कार्यमा हुनसक्न जोखिमहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यी जोखिमहरु सम्बोधन नगर्ने हो भने नेपालले शान्ति निर्माणका धेरै अवसर गुमाउन सक्छ । यस रणनीतिले ।।।विकास’ र ।।।शान्ति’ कुन बिन्दुमा एक आपसमा मिल्छन् भन्ने कुरालाई स्पष्ट गर्दछ, जसबाट विकास साझेदारहरुले शान्ति निर्माणसम्बन्धी प्राथमिकताहरुलाई उनीहरुका रणनीतिक योजनाहरुमा समावेश गरी आवश्यक स्रोत छुट्टयाउन सक्नेछन् र सहयोगका लागि आग्रह गरिएको अवस्थामा योगदान पु¥याउन सक्नेछन् । रणनीतिले साझेदारहरुलाइ उनीहरुका समन्वयसम्बन्धी व्यवस्थाहरुको पुनरावलोकन गर्न र शान्ति निर्माणका केही निर्दिष्ट चुनौतीहरुको सामना गर्न आप्mनो कार्यशैलीलाई कहाँ अनुकुलन गर्न सकिन्छ भन्ने विषयमा सहयोग पुयाउँछ । सबैभन्दा महत्वपूर्ण रूपमा रणनीतिल तत्कालका सम्बोधन गर्नुपर्ने र स्वाभाविकरुपमा राजनीतिक प्राथमिकतामा पर्ने मुद्दामात्र नभई दीर्घकालीन शान्ति निमार्णका एजेण्डालाई समेत ओझेलमा पर्न नदिने लक्ष्य राखेको छ ।रणनीतिले नेपालको विकासमा विकास साझेदारहरुको समग्र सहयोगलाई परिभाषित गर्ने प्रयास गर्दैन । बरू यसले विकासका शान्तिसम्बन्धी आयामहरु र समग्र विकासका एजेण्डामा त्यसलाई कसरी समाहित गराउने भन्ने बारेमा केन्द्रित हुने प्रयास गरेको छ । विकासको सम्पूर्ण शृब्खलालाई सम्बोधन गर्ने प्रयास गर्नुभन्दा पनि यस रणनीतिलाई नेपालको सब्क्रमणकालको शान्ति निर्माणका निर्दिष्ट प्राथमिकतालाइ अझ केन्द्रित बनाउने प्रयासका रुपमा हेरिनुपर्दछ । रणनीतिलाई चार भागमा विभाजन गरिएको छ । अध्याय २ ले विस्तृत शान्ति सम्झौताको विश्लेषण र रणनीतिको आधारभूत अवधारणालाई प्रस्तुत गर्दै विकास साझेदारका लागि प्रगति, चुनौती र प्रभावहरुलाई पहिचान गर्ने काम गरेको छ । यसमा महत्वपूर्ण ऐतिहासिक सम्झौताका विकाससम्बन्धी आयामहरुमाथि प्रकाश पारिएको छ । अध्याय ३ ले आगामी १२ देखि २४ महिनाका गर्नुपर्ने शान्तिका अल्पकालीन प्राथमिकताहरुलाई पहिचान गरेको छ । अध्याय ४ ले विस्तृत शान्ति सम्झौतामा उल्लेखित दीर्घकालीन संक्रमणकालीन मुद्दाहरु र यी मुद्दाहरुलाई आगामी पाँच वर्षसम्म कसरी अगाडि बढाउन सकिन्छ र बढाउनु पर्छ भन्ने बारेमा चर्चा गर्दछ । अन्त्यमा, अध्याय ५ ले नेपालमा शान्ति र विकासका लागि विकास साझेदारहरुले कसरी बढी समन्वयात्मकरुपमा आफ्ना आवद्धता र साझेदारीमार्फत् योगदान पुयाउन सक्छन् भन्ने विषयमा प्रकाश पारेको छ । रणनीतिको साथमा एउटा कार्ययोजना पनि रहनेछ । यसले कुन विकास साझेदारले रणनीतिमा उल्लेखित कुन निश्चित कार्यक्रममा सहयोग पुयाउन सक्छ भन्ने पनि प्रष्ट पार्दछ ।
|
Publisher:
UN
,
(2015
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE BUILDING, DEVELOPMENT, CONFLICT, POLITICAL ASPECTS, POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, POLITICAL VIOLENCE, PEACE AGREEMENTS, PEACE DIVIDEND, RECONCILIATION, REINTEGRATION, DISPUTE SETTLEMENT, LAW, JUSTICE, TRANSITIONAL JUSTICE, POST CONFLICT RECONSTRUCTION, YOUTH EMPLOYMENT, ECONOMIC GROWTH, CONSTITUTION, HEALTH, FOOD SECURITY, DEVELOPMENT STRATEGIES
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
553
times viewed
4
times downloaded. Feeder:
ANG1EE12
, Editor:
ALISHA THAPALIYA
, Auditor:
View Document History
|
|
|
|