United Nations
Information Centre | Nepal
पत्रकार सुरक्षा अभिवृद्धि परियोजना
PDF File Size: 816 KB | Download   
पत्रकार सुरक्षाका दृष्टीले नेपाल संवेदनशील देश हो । नेपाल पत्रकार महासंघका अनुसार सन २०१२ मा तीन ओटा हत्या र बेपत्तासिहत जम्मा २ सय ७१ ओटा प्रेस स्वतन्त्रता उलंङघनका घटना भएका छन । सन २०१२ मा रिपोर्टर बिदआउट बोर्ड्रले गरेको प्रेस स्वतन्त्रता सूचनकाङक अनुगमन प्रतिवेदनमा नेपाल एकसय ७९ राज्यमध्ये एकसय १८ औं स्थानमा सूचिकृत भ​एको थियो । नेपाल अघिल्लो अनुगमनका तुलनामा भने १२ स्थान तल झरेको हो । बोर्डरको सो प्रतिवेदन ले नेपाललाई पत्रकार सुरक्षाका दृष्टिकोणले उल्लेखनीय समस्या भ​एको मुलुकको रुपमा चित्रित गरेको छ ।
अर्को अन्तराष्ट्रिय संस्था कमिटि टु प्रोटेक्ट जनालिस्टले सन २०१३ मा पत्रकार माथि भ​एको घटनाका पीडितलाई द्ण्डीत नगर्ने १२ ओटा देशलाई द्ण्डीनता कायम रहेको मुलुकका रुपमा सुचिकृत गरेको छ । सो प्रतिवेदनले नेपालाई भने दण्डीनताको सुचीबाट हटाएको छ, जसलाई राम्रो पक्षका रुपमा लिन सकिन्छ । यधपि नेपाल पत्रकार सुरक्षाको दृष्टिकोणले चुनौतीरहित देश भने होइन । त्यसैगरी सन २०१२ मा अन्तराष्ट्रिय मिडिया अधिकारवादी संस्था र युनेस्को काठमाडौंको संलग्नतामा भाऐको अन्तराष्ट्रिय मिडिया मिशनले गरेको अनुगमनले पनि सन २००९को तुलना मा नेपाल मा पत्रकार सुरक्षा र दण्डीनताका मुद्दामा केहि सुधार आएको देखाएको छ । यधपि, नेपालमा पत्रकार माथि हुने आक्रमण, धम्कीजस्ता घटनाले निरन्तरता पाइरहेको छन, भने दण्डीनताका कायममै छ ।
Publisher:
GoN, NHRC, UNESCO ,   (2013 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
JOURNALISTS, JOURNALISM, CRIME, SAFETY, PEACE, NEWS AGENCIES, REPORTERS, COMMUNICATION PERSONNEL, CONFLICT, LAW, PREES LAW, JOURNALIST EDUCATION, JOURNALISTIC ETHICS, FREEDOM OF THE PRESS, PRESS, FREEDOM OF INFORMATION, MASS MEDIA, MASS COMMUNICATION, PUBLIC RELATIONS, RULE OF LAW, PUNISHMENT
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
12.05.00  -  Occupations
Reference Link:
** This document has been:
1358  times viewed
10  times downloaded.
Feeder: ANG1EE12 , Editor: , Auditor:

View Document History
Related Topics