युनिसेफले नेपाल सरकारको विद्यमान सामाजिक सुरक्षा कार्यक्रममार्फत भूकम्प प्रभावित जिल्लामा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका समूहलाई आपतकालीन नगद वितरणका लागि १ करोड ५० लाख अमेरिकी डलर (करीव १ अर्व ५३ करोड नेपाली रुपैंयाँ) सहयोग गरेको छ ।
नेपालमा भूकम्प गएको तेस्रो महिनामा युनिसेफले भूकम्पबाट सबैभन्दा प्रभावित भनेर घोषणा गरिएका १९ जिल्लाका सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुलाई नगद सहयोग गर्न लागेको हो । यी जिल्लाका ४ लाखभन्दा धेरै व्यक्तिहरुलाई उनीहरुले नियमित रुपमा प्राप्त गर्ने रकममा प्रति व्यक्ति तीन हजार रुपैंयाँ थप प्रदान गर्न लागिएको हो । यी १९ जिल्लाहरुमा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ र लमजुङ छन् ।
थप रकम भूकम्प प्रभावित १९ जिल्लाका दलित बालबालिका, अशक्त/अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक र लोपोन्मुख आदिवासी/जनजातिका मानिसहरुले प्राप्त गरिरहेका छन् । भूकम्पले गरेको क्षतिका कारण थप गरिवीमा धकेलिनसक्ने जोखिममा रहेका करीव तीन लाख ३० हजार परिवारमा चार लाख ५० हजार बालबालिका रहेको अनुमान गरिएको छ ।
छुट्टै संरचना सिर्जना नगरी तत्काल र प्रभावकारी रुपमा राहत उपलब्ध गराउनका लागि युनिसेफले सरकारको विद्यमान संरचनाको प्रयोग गरी कार्यक्रमको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सहायता उपलब्ध गराएको हो । पहिलो नगद वितरण गत असार २४ गते सिन्धुपाल्चोकबाट शुरु भएको छ । बाँकी केही जिल्लाहरुमा पनि नगद वितरण शुरु भइसकेको र बाँकी जिल्लाहरुमा पनि चाँडै नै यो क्रम शुरु हुनेछ । समयका कारणले, सम्भव भएसम्म यो थप रकम नियमित सामाजिक सहायता रकमसँगै भुक्तानी गरिनेछ भने सम्भव नभएमा छुट्टै वितरण हुनेछ ।
|
Publisher:
UNICEF
,
(2015
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, EARTHQUAKE ZONES, DISASTER-PRONE AREAS, DISASTER RELIEF, DISASTER VICTIMS, CASH ASSISTANCE, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISPLACED PERSONS, WATER, SANITATION, HYGIENE, NUTRITION, HUMANITARIAN ASSISTANCE, AID PROGRAMMES
|
Thematic Group: UNICEF
:
Children Fund
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
703
times viewed
0
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|