स्वस्थकर जीवन, वातावरणमैत्री जीवन पद्घती र धरती प्रतिको जिम्मेवारीबाट अमिप्रेरित भएर हरित आवासको प्रबर्धन गरिएको हो । आवास निर्मणमा हाल भइरहेको प्राकृतिक साधन स्रोतहरु माथिको अनियन्त्रित दोहन कम गर्न तथा जलवायु परिवर्तनको प्रमुख कारक तत्व हरित ग्यास उत्सर्जनमा कम गर्ने उद्देश्ले हरित आवास परियोजना संचालन गरिएको हो । हरित आवास निर्मणको क्रममा दिगो आवासलाई प्रवर्धन गर्नुको साथै यससंग सम्बन्धित रोजगारिका अवसरहरु पनि सृजना गर्ने हुनाले यसले हरित अर्थ प्रणालीलाई पनि संबर्धन गर्ने अपेक्षा लिइएको छ । हरित आवासको परिभाषा भित्र थुप्रै कुराहरु पर्ने भएता पनि यस परियोजनाले निम्न ५ पक्षहरु समेट्दछः भवन निर्माणमा हरित निर्माण सामग्रीको प्रयोग, घाम सदुपयोगी डिजाइन, घर भित्र उर्जा किफायत, पानी संबर्धन तथा फोहरमैला व्यवस्थापन । यो पद्घती सामान्यतया परम्परागत तरिका भन्दा आर्थिक रुपले किफायती पनि हुन्छ । यसरी हरित आवासले प्रकृतीसंग नजिक रही मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने वातावरणमैत्री जीवनयापन शैलीलाई जनाउँदछ ।
|
Publisher:
UNHABITAT
,
(2014
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
HOUSING, SUSTAINABLE HOUSING, HUMAN SETTLEMENTS, ENVIRONMENT, ENVIRONMENTAL ASPECTS, SOLAR HOUSES, RECYCLING, RESOURCE CONSERVATION, CLIMATE CHANGE, EMPLOYMENT, ENVIRONMENTAL PROTECTION, WASTE MANAGEMENT, WATER, WATER SUPPLY, ENERGY
|
Thematic Group: UNHABITAT
:
Human Settlements
|
Thesaurus:
09.01.00
- Settlement Planning
|
Reference Link:
|
|
|
** This document has been:
1682
times viewed
26
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|