United Nations
Information Centre | Nepal
मूल्याङ्कन सम्बन्धी नेपाल अनुभव ०४.०५.२०७२
PDF File Size: 264 KB | Download   
नेपालमा बैशाख १२ को भूकम्प पश्चात, सुरुसुरुको अवस्थामा नै कुनै वृहत संयोजित बहूपक्षीय मूल्याङ्कन हुने छैन भनेर निर्णय गरियो । संयुक्त राष्ट्र संघका निकायहरू, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू, स्थानीय गैर–सरकारी संस्थाहरू र सरकार गरेर कम्तिमा पनि ७० वटा निकायहरूले तात्कलिक आवश्यकता पहिचान गर्नका लागि विभिन्न ढ्रुत​ मूल्याङ्कनहरू सञ्चालन गरे । प्रायः मा मिश्रित पद्धति प्रयोग गरिएको थियो र मुख्य जानिफकारको अन्तर्वाता र उद्देश्य सहितको नमूना छनौट प्रक्रियामा केन्द्रित थिए । मूल्याङ्कनको ध्यान हाल आपतकाल बाट सुरुवाती पुनर्उत्थानमा तर्फ सरिरहेको अवस्थामा, यस दस्तावेजले हालसम्म मूल्याङ्कनको प्रारूप तयार पार्दा र सञ्चालन गर्दा सिकेका पाठहरूको साराशं प्रदान गर्दछ ताकि भविष्यमा नेपालमा सञ्चालन गरिन मूल्याङ्कनहरूलाई सुसूचित गर्न सकियोस् । यो प्रतिवेदन मूल्याङ्कन प्रक्रियामा संलग्न संयुक्त राष्ट्र संघका निकायहरू र गैर–सरकारी संस्थासँग सम्बद्ध १८ जना व्यक्तिहरूसँगको कुराकानी, मूल्याङ्कन प्रतिवेदनहरूबाट सिकिएको अन्तर–निकाय पाठहरूको अध्ययन समीक्षा र नेपाल मूल्याङ्कन इकाइले बैशाख १२ गतेको भूकम्प पश्चातका सुरुका ३ महिनामा प्राप्त गरेका २१४ वटा मूल्याङ्कनहरूका समीक्षामा आधारित छ ।
Publisher:
UNOCHA ,   (2015 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, EARTHQUAKE ZONES, DISASTER-PRONE AREAS, DISASTER VICTIMS, DISASTER RELIEF, DISPLACEMENT, HUMANITARIAN ASSISTANCE, HUMANITARIAN INTERVENTION, HUMANITARIAN EMERGENCIES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, HEALTH, HEALTH SERVICES
Thematic Group:
 UNOCHA : Humanitarian Coordination and Affair
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1385  times viewed
4  times downloaded.
Feeder: PRAJU SHRESTHA , Editor: ALISHA THAPALIYA , Auditor:

View Document History
Related Topics