यो पुस्तिका युनेस्कोको “सञ्चारको विकासका लागि अन्तराष्ट्रिय कार्यक्रम” (आई.पी.डी.सी.) को सहयोगअन्तर्गत युनेस्कोको काठमाडौ कार्यालय र मिडिया एड्भोकेसी ग्रुपद्वारा संयुक्त रूपमा आयोजित पत्रकारिता तालिमका लागि तयार पारिएको हो ।
यस पाँच दिने तालिमले सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकारिता, पत्रकार एव समाचारका विभिन्न आयामबारे ज्ञान गराउँदै समाचार संकलन तथा लेखन (न्यूज रिपोर्टिब्) का आधारभूत सीपहरूको अभ्यासमा जोड दिएको छ । पत्रकारिताअन्तर्गत विभिन्न कार्यहरू गरिने भए तापनि समाचार संकलन र समाचार गरिने भए तापनि समाचार संकलन र समाचार लेखन नै पत्रकारिताको आधारशिला मानिन्छ । तसर्थ यो तालिममा पनि समाचार संकलन तथा लेखनको पक्षलाई केन्द्रमा राखिएको छ । तालिमका विधि एवं क्रियाकलापको योजना गर्दा समाचारलाई पत्रकारले रिपोर्टिब (संकलन एवं लेखन) तथा सम्पादन गररी उत्पादन गर्ने विशेष किसिमको सूचना मानी समाचार उत्पादन प्रक्रियामा आवश्यक पर्ने दक्षताको अभिवृद्धि होस भन्न कुरालाई ख्याल राखिएकोछ ।
पत्रकारिता बौद्धिक ज्ञान र व्यावहारिक सीपको समुचित संयोजन आवश्यक पर्ने पेसा हो । तसर्थ पत्रकारिताका औपचारिक उपाधि प्रदान गरिने शैक्षिक प्राज्ञिक कार्यक्रम तथा तालिम दुवैथरीमा यस्तासमुचित संया न आवश्यक हुन्छ । तथापि तालिम भन्नासाथ व्यावहारिक सीपको नै प्रधानता हुन्छ र सोही अनुरूप पत्रकारिताका कुनै पनि तहका तालिममा सीपमूलक दृष्टिकोण अवलम्बन गरिन स्वाभाविक मानिन्छ । यस तालिममा पनि सीपमूलक दृष्टिकोण नै अवलम्बन गरिएको छ ।
|
Publisher:
MAG, UNESCO
,
(2014
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
JOURNALISM, COMMUNICATION, MASS MEDIA, NEWSPAPER PUBLISHING, PRESS, PRESS LAW, COMMUNICATION MEDIA, INFORMATION MEDIA, MASS COMMUNICATION, COMMUNICATION PROCESS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
2464
times viewed
33
times downloaded. Feeder:
ANG1EE12
, Editor:
YASHO RAI
, Auditor:
View Document History
|
|
|
|