नेपालको कुल जनसब्ख्यामाद्द महिलाहरूको सब्ख्या आधाभन्दा बढी छ र विकासका सबै आयामहरूमा उनीहरूको महत्त्वपुर्ण भूमिका रहेको छ । यद्यपि, नेपालका अधिकांश परिवारहरू अभैm पनि पितृसत्तात्मक संस्कृति अनुसार चल्दछन् । यसले गदा महिलाहरूको स्वतन्त्रता र मुक्तिमा बाधा उत्पन्न भएको छ, जसलाई बाल्यकालदेखि नै व्यापक रूपमा सीमित गरिन्छ र यस्ता सामाजिक तथा सांस्कृतिक प्रचलनहरूले महिलाहरूमाथि विभिन्न किसिमले नकारात्मक प्रभाव पारेको छ । यस्ता प्रतिकूल परिस्थितिले महिलाहरूको स्रोतसाधनमाथिको पहुँच एवम् समाजमा उनीहरूको भूमिकामाथि असर पारेको छ । त्यसैले राज्य संयन्त्रहरू तथा अन्य निर्णायक अङगहरूमा महिलाहरूको नगन्य प्रतिनिधित्व रहेको छ ।
दोस्रो जनआन्दोलन २०६२\६३ ले राजनीति तथा शासन व्यवस्थामा महिलाहरूको सहभागिता, सशक्तीकरण तथा समावेशीकरणको अभावलाई उजागर गर्यो। फलस्वरूप २०६३ सालमा भएको बृहत् शान्ति सम्झौताले लैङगिक विभेदका अन्त्य र विशेषतः महिलाका अधिकारहरूको संरक्षण गर्ने प्रतिबद्धता जनायोद्ध । यसको परिणाम स्वरूप, पुनस्र्थापित प्रतिनिधिसभाले राज्यका सबै संरचनाहरूमा कम्तीमा ३३% महिलाहरूको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने प्रस्ताव पारित गरयो । यसका अतिरिक्त नेपालको अन्तरिम संविधान २०६३ ले लैङगिक विभेदलाई गैरकानुनी घोषणा गरयो । यसले महिलाहरूको हक संरक्षण तथा संवद्र्धन गर्नका लागि विशेष कानुनी प्रावधानहरूको वकालत गर्नुका साथै महिलाका अधिकारलाई मौलिक अधिकारको मान्यता दिएको छट । यति हुँदा हुँदै पनि शासन व्यवस्थामा महिलाको सहभागिता नाम मात्रको रहेको छ ।
यो स्थलगत बुलेटिन गाउँ स्तरमा स्थानीय सेवा प्रदायक निकायहरूको निर्णय प्रक्रिया महिलाहरूको पहुँच तथा सहभागिताको अवस्था विश्लेषणमा केन्द्रित छ । यो बुलेटिनमा समावेश भएको तथ्य तथा सूचनाहरु पूर्वी नेपालको तीन जिल्लाका चार ओटा गाविसहरूमाठ गरिएको स्थलगत सर्वेक्षणबाट लिइएको हो । यस सर्वेक्षणमा समुदायका सदस्यहरू (पुरुष तथा महिला), स्थानीय सेवा प्रदायक निकायहरू तथा सम्बन्धित सरकारी निकायहरू, गैसस कर्मीहरू तथा सामाजिक कार्यकर्तासित । केन्द्रीत सामूहिक छलफल विधि’ अपनाइएको थियो ।
|
Publisher:
UNRCHCO
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
WOMEN, EMPOWERMENT, CAPACITY BUILDING, POLITICAL PARTICIPATION, RURAL WOMEN, WOMEN IN DEVELOPMENT, WOMEN IN POLITICS, PEACE AGREEMENTS, WOMENS RIGHTS, CONFLICT, CONSTITUTIONS, LAW, AGRICULTURE, AGRICULTURAL DEVELOPMENT, AGRICULTURAL PRODUCTIVITY
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1007
times viewed
4
times downloaded. Feeder:
ANG1EE12
, Editor:
, Auditor:
View Document History
|
|
|
|