नेपाली कृषकहरुले धेरै पहिलेदेखि नै कुखुरापालन गर्दै आएको भए तापनि यसका व्यवसायिकरण भने केही बर्ष अघिबाट मात्र शुरु भएको छ । नेपालमा कुखुरापालन व्यवसाय दिनानुदिन लोकप्रिय बन्दै गएको परिप्रेक्ष्यमा कुखुरापालन कार्यमा नयाँ प्रविधिहरुको प्रयोग गर्नु नितान्त आवश्यक छ । परम्परागत पद्धतिबाट कुखुरापालन गदा हालको अवस्थामा उत्पादन लागत बढ्ने भएकाले किसान तथा उद्यमीहरुले अपेक्षित लाभ लिन नसकिरहनु भएको अवस्थामा यस पेशालाई व्यवसायीकरण तर्फ उन्मुख गराउन अपरिहार्य छ । जसको लागि बायोसेक्युरिटिका उपायहरु अबलम्वन गर्नु अपरिहार्य रहेका छ ।
यो तालिम पुस्तिकाले खासगरी कुखुरापालन व्यवसायको स्थायित्वको लागि आवश्यक पर्ने बायोसेक्युरिटिका उपायहरु बारेमा जानकारी दिने उद्धेश्य राखेको छ । नेपालमा कुखुरापालन व्यवसायको व्यवसायिकताको थालनीसँगै स्वदेशमा आवश्यक पर्ने कुखुरा तथा कुखुराजन्य पदार्थहरुको लागि परनिर्भरता हुनुपर्ने अवस्था प्रायः अन्त भैसकेको छ । अब यस क्षेत्र आयात प्रतिस्थापन भन्दा पनि निर्यात तर्फ अगाडि बढ्नु पर्ने हुनाले पशुजन्य पदार्थ तथा उपपदार्थहरुको उत्पादनमा असल अभ्यास अपनाउनु अति नै जरुरी देखिन्छ ।
|
Publisher:
FAO, GoN
,
(2015
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
BIOSECURITY, HYGIENE, AGRICULTURE, PHYTOSANITARY, SANITARY, FOOD, AGRICULTURAL DEVELOPMENT, VETERINARY, FOOD HYGIENE, HEALTH, NUTRITION, QUARANTINE, POULTRY, HEALTH HAZARDS, WATER MANAGEMENT, ANIMAL HEALTH, ENVIRONMENTAL MANAGEMENT, INSPECTIONS, PESTICIDES, LAW, RISK MANAGEMENT, PROJECT MONITORING
|
Thematic Group: FAO
:
Food and Agriculture Organization
|
Thesaurus:
10.01.00
- Food And Nutrition
|
Reference Link:
|
|
|
** This document has been:
1380
times viewed
25
times downloaded. Feeder:
ANG1EE12
, Editor:
, Auditor:
View Document History
|
|
|
|