मानवअधिकार आयोग ऐन, २०५३ को प्रस्तावनामा “संविधान ख अन्य प्रचलित कानुनद्वारा प्रदत्त मानवअधिकारको प्रभावकारी कार्यान्वयन एवम् संरक्षण र सम्बद्र्धन गर्नेसम्बन्धमा स्वतन्त्र र स्वायत्त राष्ट्रिय मानवअधिकार आयोगको स्थापना गर्न वाञ्छनीय भएकोले” भनी तत्कालीन संसदले ऐन बनाएपश्चात् वि.सं.२०५७ साल जेठ १३ गते आयोगको स्थापना भएको हो । यस वर्षको जेठमा आयोग स्थापना भएको १० वर्ष पूरा भएको छ । मानवअधिकार आयोग ऐन, २०५३ ले मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने आयोगको प्रमुख कर्तव्यको रूपमा रहेको उल्लेख गरेको छ । सो कर्तव्य पूरा गर्नको लागि आयोगलाई ऐनले नै मानवअधिकारको उल्लब्घनसम्बन्धी उजुरी लिने र तत्सम्बन्धी उजुरीउपर कारबाही गर्ने अधिकारसमेत प्रदान गरेको छ । ऐनका सोही प्रावधानबमोजिम नै उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ बनेको र सो नियमावलीमा तोकिएको ढाँचाअनुसार नै आयोगले मानवअधिकार उल्लब्घनका उजुरीउपर कारबाही र अनुसन्धान गर्ने गरेको छ । आयोगले उजुरीउपर निर्णय गर्दा आयोग ऐन र सोही नियमावलीलाई आधार मान्ने गरेको छ ।
|
Publisher:
NHRC/UNDP
,
(2010
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS MONITORING, HUMAN RIGHTS POLICY, HUMAN SECURITY, HUMANITARIAN INTERVENTION, HUMAN RIGHT PROTECTION, RIGHT OF FREEDOM, MIGRANT RIGHT, GFENDER DISCRIMINATION, CASTE BASED DISCRIMINATION, CHILD RIGHT, DISABILITY RIGHT, LAW, HUMAN RIGHT EDUCATION, HUMAN RIGHT COMMISSION, HUMAN RIGHT, CIVIL AND POLITICAL RIGHTS, ECONOMIC, SOCIAL AND CULTURAL RIGHTS, HUMAN RIGHTS IN ARMED CONFLICTS, RIGHT TO PEACE, WOMEN RIGHTS, WORKERS RIGHTS, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS INDICATORS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
735
times viewed
0
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|