आजका बालबालिका भनेका भविष्यका कर्णाधर मात्रै हैन वर्तमानका यथार्थ पनि हुन्।राज्य तथा परिवारको उचित संरक्षण र हेरचाहमा देशमा कैयन बालबालिकाहरु न्युनतम स्वास्थ्य सुविधा तथा आवधिक खोपहरुबाट बन्चित हुनुपुगेका तथा विद्ध्यालयसम्मको पंहुचबाट टाढा रहेको अवस्था छ।उनिहरुलाई गुणात्मक शिक्षा र जिवन उपयोगी सिप प्रदान गर्नु परिवार, समाज तथा राज्यको परम दायित्व हो। हम्रो परिवेशमा बालबालिकालाई सजाय दिएर मात्र अनुशासित बनाउन सकिन्छभन्ने गलत धरणा, मान्यता रहदै आएको छ। यस्तो किसिमको सजायबाट बालबालिकामा नकारात्मक शारिरिक, मनोवैज्ञानिक, मनो(सामाजिक) असर पर्छ।समय समयमा बालबालिकद्वारा आत्महत्या गर्ने, विद्यालय जान नमान्ने, अनावश्यक रुपमा रिसाउने चिडचिडाहट हुने, निराश भएर बस्ने जस्ता घटनाहरु घतिरहेको पाइन्छ। यि घटना -हरुलाई बालिकाहरुमाथिपरेको मनोवैज्ञानिक असरको य्दरनजको रुपमा लिन सकिन्छ। यस्तो कार्य सामन्यतया निजहरुमाथि हुने गरेको शारिरीक सजाएको परिणाम हो। उनिहरुलाई अनुशसित र अध्धयनशिल बनौने नाममा गरिएको गलत कार्यहरु हुन्। बालबालिकालाई अनुशासित बनाउने अन्य बैकल्पिक उपायहरु भएपनि सो विषयमा अभिभावक तथा शिक्षकहरुलाई सुसूचित बनाउनु आज्को आवश्यकता हो। शारिरीक दण्द एक किसिमको भौतिक सजाय हो। कसैले गरेको गलत कार्य रोक्ने, कसैको गलत आनिबानि सुधारी अनुशासित तुल्याउन वा कसैको अस्विकार्य मनोव्रिति सुधार्न भनी जानाजान दीइने चरम यातना यस अन्तर्गत पर्छन्। कसैले गरेको ग्लत व्यवहारका लागी सजाय दिने विधिको रुपमा न्यायिक, घरेलु एवम शौक्षिक परिवेशमा शारिरीक दण्ड प्रयोग हुन्छ।
|
Publisher:
NHRC/UNDP
,
(2012
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CHILD PSYCHOLOGY, CHILD EDUCATION, CHILD DEVELOPMENT, CHILD GUIDANCE, CHILDREN, EDUCATIONAL PSYCHOLOGY, SOCIAL SCIENCES, ACCIDENT PREVENTION, SAFETY REGULATIONS, STUDENTS, DISCIPLANE, CHILD FRIENDLY KNOWLEDGE, PUNISHMENT, CHILD RIGHT, HUMAN RIGHT, CHILD WELFARE, MENTAL DEVELOPMENT, CHILD CARE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
14.05.02
- Psychology
|
Reference Link:
|
|
|
** This document has been:
1049
times viewed
4
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|