नेपाल पत्रकार महासंघ , सूचना विभाग,राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, संयुक्त राष्ट्रसंघका एचआईभी/एड्स कार्यक्रम ९ग्ल्ब्क्ष्म्क्० र अन्य सहयोगी संस्थाहरुको संयुक्त प्रयासमा सन् २०१० मा स्थापना गरिएको ‘ नेपाल एड्स मिडिया अवार्ड २०१०’ लाई निरन्तरता दिँदै यस बर्ष पनि २०६९ मंसिर १६ गते (१ डिसेम्बर २०१२) विश्व एड्स दिवसका दिन रेडियो, टेलिभिजन तथा प्रिन्ट विधामा उत्कृष्ट छनौट भएका संचार सामग्रीहरुलाई पुरस्कृत गरिने भएको छ । माननीय सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले १ अक्टोबर २०१२ (१५ आश्विन २०६९) गते नेपाल पत्रकार महासंघद्वारा आयोजित समारोहमा ‘नेपाल एड्स मिडिया अवार्ड २०१२’ प्रदान गर्ने घोषणा गर्नु भएको छ । एचआईभी र एड्स बारेमा सही जानकारी तथा अनुभव आदानप्रदानको माध्यमबाट व्यक्तिगत तथा सामूहिक रुपमा एचआईभी संक्रमणप्रतिको भेदभाव हटाइ सहयोगको भावना, राजनैतिक तथा साामजिक संस्कृतिमा परिवर्तन र जनस्वास्थ्यको स्तर उकासी हाम्रो देशमा एचआईभी÷एड्सका संक्रमण फैलनबाट रोक्न सकिने तथ्यलाई अवगत गर्दै संचारकर्मीहरुमा बिषयगत साथै तथ्यपरक सामाग्री लेखन, प्रकाशन, प्रसारणकालागि थप अभिप्रेरणा तथा हौसला प्रदान गर्ने उद्देश्यले सन् २०१० र २०११ मा ।।।नेपाल एचआईभी÷एड्स मिडिया अवार्ड’ रेडियो, टेलिभिजन र प्रिन्ट विधामा उत्कृष्ट छनौट भएका संचार सामाग्रीहरुलाई पुरस्कृत गरिएको थियो । विगत दुईबर्षमा अनलाइन विधामा कुनै पनि आवेदन नपरेकाले यस बर्ष “नेपाल एड्स मिडिया अवार्ड २०१२” को स्टेरिङ्ग कमिटिका निर्णयबमोजिम सो विधालाई अवार्डमा समावेश गरिएको छैन । तर अवस्था हेरि सो विधालाई आगामी बर्षमा अवार्डमा समावेश गर्न सकिनेछ ।
|
Publisher:
NAMA, UNAIDS
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
HIV INFECTIONS, HUMAN IMMUNODEFICIENCY VIRUS (HIV), ACQUIRED IMMUNE DEFICIENCY SYNDROME AIDS, DISCRIMINATION, DISEASES PREVENTION, MASS MEDIA, FAMILY PLANNING, AWARD, HIV CARE AND PREVENTION, HIV TREATMENT, JOURNALIST
|
Thematic Group: UNAIDS
:
HIV/AIDS
|
Thesaurus:
10.03.02
- Diseases And Carriers Of Diseases
|
Reference Link:
|
|
|
** This document has been:
2061
times viewed
3
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|