न्याय सम्पादन प्रक्रियालाई निष्पक्ष एवम् पूर्वाग्रहरहित रुपमा सम्पादन गर्न आवश्यक पूर्वशर्तको रुपमा स्वच्छ सुनुवाईको अधिकारलाई लिने गरिन्छ । वैयक्तिक स्वतन्त्रताको संरक्षण एवम् व्यक्तिको आधारभूत अधिकारको संरक्षणका लागि स्वच्छ सुनुवाई सम्बन्धी अवधारणा विकास भएको हो । जहाँ प्रजातन्त्र हुन्छ त्यहाँ कानूनको शासन हुन्छ । जहाँ कानूनको शासन हुन्छ त्यहाँ व्यक्तिका आधारभूत अधिकारहरु संरक्षण गरिएको हुन्छ । जहाँ व्यक्तिका अधिकारहरु संरक्षण गरिएको हुन्छ त्यहाँ शासकीय अधिकारका प्रयोगमा सीमा लगाइएको हुन्छ । न्याय सम्पादन प्रक्रियामा संलग्न रहने सार्वजनिक अधिकारीहरुलाई सीमा लगाइ वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्ने कडीको रुपमा स्वच्छ सुनुवाईको सिद्धान्तलाई लिने गरिन्छ । आफ्नो मुद्दामा आफ न्यायाधीश हुनु हुदैन, अर्थात न्याय सम्पादनमा पूर्वाग्रह देखिनु हुदैन, अर्को पक्षलाई जानकारी नदिई उसका विरुद्ध निर्णय गर्नु हुदैन, अर्थात सुनुवाईको मौका नदिई कसैका विरुद्ध निर्णय गर्नु हुदैन र निर्णयमा आधार र कारण खुलेको हुनु पर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तले स्वच्छ सुनुवाईको मान्यतालाई अंगिकार गरिएको छ ।
|
Publisher:
RoLHR/UNDP
,
(2013
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RULE OF LAW, GENERAL AND NATIONAL LAW, ADMINISTRATION OF JUSTICE, COURTS, CRIMINAL JUSTICE, CRIMINAL LAW, TRANSITIONAL JUSTICE, JUSTICE, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHTS, POLITICAL CONDITIONS, INSTITUTIONS, JUDICIAL POWER, LEGISLATIVE POWER, AUTHORITY, CRIME PREVENTION, COMMUNITY PARTICIPATION, CRIME, POLICE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.07.00
- General And National Law
|
Reference Link:
|
|
|
** This document has been:
1321
times viewed
6
times downloaded. Feeder:
MANISHAKUMARI
, Editor:
, Auditor:
View Document History
|
|
|
|