सरसफाइ मानव जीवनको स्वास्थ्य, स्वच्छता, सुविधा र सुसंस्कारसँग गाँसिएको छ । भनिन्छ सरसफाइमा गरिन प्रत्येक १ रुपैयाँको लगानीबाट ९ रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुन्छ । तर, सरसफाइमा गरिने लगानीबाट हासिल हुने प्रतिफलहरुको दिगो उपयोग र उचित सरसफाइले वातावरणीय क्षेत्रमा ल्याउने सकारात्मक परिवर्तनबारे सामाजिक सचेतनाका अभाव अझै पनि चुनौतीकै रुपमा रहिरहेको छ । उपयुक्त एवम् दिगो सरसफाइ प्रणाली र प्रविधिहरु बारेको सीमित ज्ञान र जनचेतनाको कमीका कारण सरसफाइसम्बन्धी योजनाहरु लक्षित
समुदायको लागि आकर्षक हुन सकिरहेको छैन । विशेषगरी शहरी क्षेत्रमा फोहरपानीको निकासको लागि ढलनिकासको प्रवर्द्धन भए पनि सुरक्षित निष्काशन र व्यवस्थापनको अभावमा नदीनाला र तालतलैयाहरु प्रदुषित भईरहेका छन् र ती प्रदुषित स्रोतलाइ पुनः सफा गर्न थुप्रै खर्च लाग्ने देखिन्छ । यस परिप्रेक्ष्यमा फोहर उत्पादनदेखि सुरक्षित व्यवस्थापन गर्ने प्रणाली र प्रविधिका बारेमा पर्याप्त जानकारी लाभान्वित समुदायसम्म पुर्याएर व्यापक छलफल गर्न सकेमा सरसफाइमा भईरहेको लगानीबाट दिगो उपलब्धी प्राप्त हुने देखिन्छ ।
|
Publisher:
UNHABITAT, GoN
,
(2012
) |
Type / Script:
Publication
in English
|
Keywords:
SANITATION, ACCESS TO TECHNOLOGY, SEWERAGE, AGRICULTURAL PRODUCTION, IRRIGATION, COMMUNITY BUILDING, ECONOMIC EFFECT, ENVIRONMENTAL EFFECT, BIO-GAS TECHNOLOGY, BIOGAS PROGRAMMES, EDUCATION, HEALTH, LATRINES, SEWAGE DISPOSAL, SEWAGE TREATMENT PLANTS
|
Thematic Group: UNHABITAT
:
Human Settlements
|
Thesaurus:
05.10.00
- Waste Disposal
|
Reference Link:
|
|
|
** This document has been:
1490
times viewed
14
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|