United Nations
Information Centre | Nepal
नेपालमा संविधान निर्माण
PDF File Size: 2.98 MB | Download   
नेपालमा नयाँ संविधान निर्माणका लागि सहयोग गर्न युएनडीपी प्रतिबद्ध रहे अनुरूप संवधानिक परामर्श सहायता एकाइद्वारा २०६३ फागुन १९ र २० गते (सन् २००७ मार्च ३ र ४) नेपालमा संविधान निर्माण विषयमा काठमाडौमा यो सम्मेलनका आयोजना गरिएको थियो । संविधान निर्माणका विविध पक्ष तथा नयाँ संविधानका विकल्पसम्बन्धी विशेष मुद्दाहरूमा छलफल गर्ने उद्देश्य अनुरूप देशभरका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा व्यक्तिहरूलाई एकै मञ्चमा एकत्रित गर्न शृबखलाबद्ध सम्मेलनहरू आयोजना गर्ने सिलसिलामा भएको यो पहिलो सम्मेलन हो । विभिन्न क्षेत्रका विभिन्न समूहहरू देशका विभिन्न भागमा गइ संविधान सभाको प्रक्रिया तथा त्यहाँबाट निर्धारण हुने मुद्दाहरूबार जानकारी गराउने क्रममा यीमध्ये कतिपय विषयमा छलफल भइसकेको छ । यी सम्मेलनहरूको उद्देश्य छलफलहरू प्रवद्र्धन गर्नु हो जसमार्फत नयाँ संविधान निर्माणको प्रक्रिया र यसका सारत तथा सिद्धान्तका साथै २०६२÷६३ (सन् २००६) मा भएको दोसो जन आन्दोलनमा व्यक्त भएका जनआकाब्क्षा प्रतिविम्बित गरी प्रभावकारी संविधान निर्माण प्रक्रियातर्फ उन्मुख हुन सकियोस् । समाजका विविध समुदायहरूको प्रतिनिधित्व गनेहरूबीच आपसी भेट तथा अनुभव आदानप्रदान हुने कुरा सुनिश्चित गर्ने गरी यी सम्मेलनहरू तय गरिएका छन् । यसैगरी, यी सम्मेलनहरूले नयाँ संविधानसम्बन्धी मुद्दाहरू उठाउने, संविधान निर्माणका सम्बन्धमा अपनाइने विभिन्न तौरतरिकाबाट उत्पन्न हुनसक्ने नतिजाबारे विस्तृत रूपमा अध्ययन गर्ने तथा नयाँ संविधानले अब्गीकार गर्ने संस्थाहरूबारे सचेतना अभिवृद्धि गरी संविधान सभाको कामलाई सहयोग पुयाउने छन् । सम्मेलनल नागरिक समाजबाट भए गरिएका कामलाई बढावा दिने बाहेक जनताद्वारा व्यक्त भइरहेका भावनालाई प्रतिविम्बित गनेछ भन्न कुराको अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमहरू नयाँ विचार तथा दृष्टिकोण सिर्जना गर्न र नयाँ संविधानको सफलताका लागि संविधानसम्बन्धी सचेतना अभिवृद्धि गर्ने अत्यावश्यक वृहत् कार्यको हिस्साको रूपमा रहेकोले यी अभ्यासहरू संविधान निर्माणकै अङ्ग हुन् भन्ने संवधानिक परामर्श सहायता एकाइका धारणा रहेको छ । यो प्रतिवेदन, सम्मेलनमा सहभागीहरूले कुन विषयमा छलफल गरे तथा के कस्ता विचार व्यक्त गरे भन्न कुराको अभिलेखको रूपमा पनि रहनेछ भन्ने अपेक्षा हामी गर्दछौं ।
यो सम्मेलन काठमाडौं स्थत याडिसन होटलमा आयोजना गरिएका थियो । उक्त दुईदिने सम्मेलनमा राजनीतिज्ञ, वकिल, प्राज्ञ, नागरिक समाजका विशिष्ट सदस्यहरू, पत्रकार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट गरी एक सयभन्दा बढी तथा अन्य आमन्त्रित व्यक्तिहरूसमे त को सहभागिता रहेको थियो (सहभागीहरू तथा विभिन्न सत्रमा अध्यक्षता ग्रहण गर्ने व्यक्ति तथा कार्यपत्र प्रस्तोताहरूको विस्तृत सूची परिशिष्ट ४ मा समावेश गरिएको छ) ।
सम्मेलनको केन्द्रविन्दु नयाँ संविधान निर्माण गर्ने विषय थियो नकि संविधान निर्माण गर्दा निर्णय गरिनुपर्ने महŒवपूर्ण मुद्दाहरूबार (यद्यपि त्यस्ता केही महत्त्वपूर्ण मुद्दाहरूबारे त्यहाँ प्रश्न उठाइएका थिए) । सम्मेलनका दुइवटा सत्रमा नयाँ संविधान निर्माणसम्बन्धी मुद्दाहरूबारे साधारण छलफल भएको थियो । एउटा सत्रमा २०४७ को संविधान निर्माण प्रक्रिया तथा उक्त संविधान निर्माण गर्दा सिकिएको पाठ र, त्यो संविधानको कार्यान्वयन कसरी गरियो वा गरिएन भन्ने विषयमा छलफल गरिएका थियो । एउटा अर्को सत्रमा नयाँ संविधान निर्माण प्रक्रियाबार राजनीतिक दलका नेताहरूको दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
त्यसैगरी, एउटा सत्र विशेषतः संविधान सभाले कसरी काम गनेछ भन्ने विषयमा छलफल गर्न व्यतित गरिएको थियो । यो प्रतिवेदन सम्मेलनको विस्तृत विवरण नभई त्यहाँं प्रस्तुत सुझाव तथा पर्यवक्षण गरिएका बँदाहरूको सारसंक्षेप मात्र हो । छलफलको क्रममा टिप्पणीकार तथा सहभागीहरूल गनुभएका टिप्पणीहरू दोहोरिएका थिए । यहाँ त्यस्ता टिप्पणीलाइ नदोहोयाउने तथा कुनै विशेष सवालमा दिइएको महत्त्व लाई दृष्टिगत गर्दै समष्टिमा सार प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
Publisher:
CCD/UNDP ,   (2007 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CONSTITUTIONAL HISTORY, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, TERRITORIAL INTEGRITY, HUMAN RIGHTS, JUDICIAL SYSTEM, ADMINISTRATION OF JUSTICE
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
3330  times viewed
11  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics