United Nations
Information Centre | Nepal
संघियता संवाद श्रृंखला ११ प्रस्तावित तामसालिङ प्रदेश २६-२८ साउन २०६७
PDF File Size: 4.11 MB | Download   
नेपालस्थित संयुक्त राष्ट्रसंघियविकास कार्यक्रम अर्न्तगत सहभागितामूलक संविधान निर्माण सहयोग परियोजनाको (SPCBN) नागरिक पहुँच कार्यक्रमले संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेका १४ वटै प्रदेशहरूमा गत चैत २०६६ देखि पुस २०६७ सम्ममा संघियता संवाद कार्यक्रम सम्पन्न गरेको छ। यस संवाद कार्यक्रमको प्रमुख उद्देश्य विज्ञहरू र प्रादेशिक तहका सरोकारवालाहरू (राजनीतिक दलका नेताहरू, नागरिक समाज, संघियताको माग गर्ने विभिन्न जातीय समूह तथा अधिकारकर्मीहरू, आदि)का बीचमा संघियताबारे संवाद गराउनु रहेको थियो र यसको मूल ध्येय पनि संघियताका अवधारणा, यसका विश्वव्यापी अनुभवहरूका साथै तथा विशेष गरी संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको नेपालको पुनर्संरचनाबारे सुसूचित तथा तार्किक बहस होस् भन्ने थियो ।
राज्य पुनर्सरचना समितिको समग्र प्रस्तावमाथि सहभागीहरूबाट समालोचनात्मक बहस हुनु यस कार्यक्रमको सबल पक्ष रहेको थियो । साथ यी कार्यक्रमहरूमा सहभागीहरूले आ–आफ्ना परदशहरूसँग सम्बन्धित विषयहरूमा विशिष्टखालका सुझावहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुवातमा विज्ञहरूल सङ्घीयताका विविध पक्षहरूमाथि सहभागीहरूलाइ अवगत गराएका थिए । संवादको आयोजना पहिला डेढ दिनमा विभिन्न ४ वटा सत्रहरूमा विज्ञहरू (प्राध्यापक कृष्ण खनाल र प्राध्यापक कृष्ण हाछेथ)ले आफ्ना प्रस्तुतिहरू राख्ने र पछिल्ला डेढ दिनमा सहभागीहरूले आफ्ना विचार राख्न गरी आयोजना गरिएको थियो । सहभागीहरूबाट प्राप्त विचार तथा सुझावहरूलाई या प्रतिवेदनको पछिल्लो भागमा विस्तृतरूपमा समेटिएको छ । यो परिचयात्मक खण्डमा विज्ञका रूपमा प्राध्यापकद्वय कृष्ण खनाल र कृष्ण हाछेथद्वारा यी संवाद कार्यक्रमहरूका लागि तयार पारिएका र प्रस्तुत गरिएका प्रस्तुतीका प्रमख बुदाहरू सब्क्षेपमा उल्लेख गरिएका छन्।
Publisher:
CCD/UNDP ,   (2011 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
FEDERAL STATE, POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMIC, INDIGENOUS PEOPLES, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, RELIGION, CIVIL SOCIETY, WOMEN RIGHTS, ADJUSTMENT, ELECTION, WOMENS PARTICIPATION, POLITICAL EMPOWERMENT
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1131  times viewed
15  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics