United Nations
Information Centre | Nepal
शान्ति प्रक्रिया समापनको बाटोमा
PDF File Size: 968 KB | Download   
सन् २००५ को मध्यतिर म नेपाल आउँदा हजारौ नागरिकलाई पीडित बनाउँदै आएको युद्धको अन्त्य देखिएको थिएन अनि लोकतन्त्र र मानवअधिकारका सम्मानजस्ता कुरा क्षितिजभन्दा टाढाका कुराजस्तो देखिएको थियो । त्यतिबेला एक दशक लामो युद्ध लडिरहेको विद्राही
समूहको नेता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री निर्वाचित हुनछन् भन्ने कुरा अनुमान पक्कै पनि कसैले गरेको थिएन।
विश्वभरी निरन्तर अनेकन द्वन्द्व र असफल शान्ति प्रव्रिmयाका अगाडि नेपालले आफ्नो शान्ति प्रव्रिmयामा चालेका महत्वपूर्ण कदमहरूलाई पहिचान दिन र सहयोग गर्न आवश्यक छ ।
तर यो बाटो त्यति सहज भने थिएन, त्यससँगै समाधान हुन बाँकी रहेका शान्ति प्रव्रियाका कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूले सहयोग जारी राख्दै सम्झौतामा पुग्ने चुनौती बाँकी नै छ ।
राष्ट्रपति तथा प्रधानमन्त्रीका निर्वाचनका लागि भइरहेको लामा सम्झौता वार्ताकै व्रmममा जुलाई महिनामा नेपालका राजनीतिक नेताहरू विशेषत लडाकुहरूको भविष्यका बारेमा निर्णय नभएसम्म हतियार तथा सेनाका व्यवस्थापनको अनुगमनको प्रव्रिmयालाइ निरन्तरता दिन अन्मिनलाई एक विशेष राजनीतिक मिसनका रूपमा अर्को ६ महिनाको कार्यादश थप्न सहमत भएका थिए । ६ महिनाको कार्यादश थप्न नेपालको यो अनुरोधलाई राष्ट्रसघीय सुरक्षा परिषद्ले जुलाई २२ (२०६५ साउन ७) मा सहमति दियो ।
एउटै देशमा दुइवटा सेना रहुञ्जेल शान्ति प्रव्रिmया सम्पन्न भएको मान्न सकिँदन । यस सन्दर्भमा नेपालले नोभम्बर २००६ मा भएको विस्तृत शान्ति सम्झौता पछिको अवधिमा अस्थायी व्यवस्था मिलाएको थियो । हातहतियार भण्डारणका साथै पूर्व माओवादी लडाकुहरूका शिविरहरू र नेपाली सेनाका टुकडीहरूलाई उनीहरूका व्यारेकमै सीमित राख्ने काम भए जुन शान्ति कायम राख्न प्रभावकारी सावित भएका छन् । तर यसलाई सँधका लागि भने निरन्तरता दिन सकिँदन । अब त माओवादी लडाकुहरूको भविष्यको टुङ्गा लगाउने प्रतिबद्धताहरू र शान्ति सम्झौताहरूमा उल्लेख गरिएको राज्यका सेनाको “लोकतान्त्रिकरण” का कार्यान्वयन हुनपर्छ । अन्तरिम
संविधानको पाँचौँ संसोधनले बहुदलीय विशेष समितिका मार्फत सरकार गठन भएको ६ महिना भित्र माओवादी सेनाका लडाकुहरूको “निरिक्षण, समायोजन र पुनस्र्थापना” गर्ने स्थायी समाधानको प्रव्रिया अघि सारेको छ।


English version: http://un.info.np/Net/NeoDocs/View/462
#462#1958#pair
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, PEACE MAKING, PEACE BUILDING, CONSTITTUTIONS, POVERTY, DISCRIMINATION, JUSTICE, POLITICAL PARTIES, POLITICAL SITUATION, POLITICAL CONDITIONS, POLITICAL PARTICIPATION, FEDERALISM, CONFLICT, HUMAN RIGHTS, DISPLACED PERSONS, LEADERSHIP
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1264  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics