United Nations
Information Centre | Nepal
नेपाल शान्ति प्रक्रियामा सहयोग पुर्याउदै
PDF File Size: 267 KB | Download   
अन्मिन राष्ट्रसघ सुरक्षा परिषद्को निर्णय १७४० बमोजिम नेपालको शान्ति प्रक्रियालाई र विशेषगरी स्वतन्त्र र निष्पक्ष वातावरणमा संविधानसभा चुनाव गराउन काममा सहयोग पु¥याउनको लागि स्थापना गरिएको एक विशेष राजनीतिक मिसन हो ।
सातदल गठबन्धनको सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रसघका महासचिवलाई २४ साउन २०६३ (९ अगस्ट २००६) मा पठाएका पत्रहरूमार्फत राष्ट्रसघलाई संविधानसभा चुनावको लागि स्वतन्त्र र निष्पक्ष वातावरण बनाउन र समग शान्ति प्रक्रियामा सहयोग पु¥याउन गरिएको अनुरोधपश्चात् अन्मिनको स्थापना गरिएका हो । दलहरूले ५ मंसिर २०६३ (२१ नोभम्बर २००६) मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपश्चात् अन्मिनले ९ माघ २०६३ (२३ जनवरी २००७) देखि औपचारिक रूपमा आपनो काम शुरू गरेको हो ।
अन्मिनको स्थापना हुनुअगावै भदौ २०६३ (अगस्ट २००६) देखि संयुक्त राष्ट्रसघका महासचिवका निजी प्रतिनिधिको कार्यालयमार्फत् राष्ट्रसघले शान्ति प्रक्रियाका लागि दलहरूलाई सहयोग पु¥याउ“दै आइरहेको थियो । केही वर्षदेखि राष्ट्रसघका महासचिवल राष्ट्रसघको राजनीतिक मामिला विभागमार्फत् नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधान गर्ने प्रयासलाई नजीकबाट प्रात्साहन दिदै आइरहनुभएको थियो ।

English version: http://un.info.np/Net/NeoDocs/View/570
#570 #1923 #pair
Publisher:
UN ,   (2006 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL SITUATION, ELECTIONS, CONSTITUTION, PEACEMAKING, PEACE BUILDING, CONFLICT, HUMAN RIGHTS, PEACE PROCESS, DISARMAMENT, POLITICAL SYSTEMS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS, CIVILIAN PERSONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
2692  times viewed
9  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics