सरकारि वार्ता टोलि र राष्ट्रीय वादि अधिकार संघर्ष समितिका बिच विभिन्न चरणमा भएका वार्ताका छलफल तथा निष्कर्ष समेतलाई ध्यानमा राखि आज मिति २०६४ साल आशिवन २८ गते दुबै पक्षहरुविच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको बैठक देहाय वमोजिम सहमति भयो ।
१ २०६४ साल आशिवन १५ गते दुवै पक्षबीच भएको सहमति बमोजिम गठित सचिवस्तरीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनलाई सैद्धान्तिक सहमति प्रदान गर्ने। बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरु भाँड, वदेनी, पातर आदि शब्दहरुको प्रयोगमा तुरुन्त रोक लगाउने र देशभरिका वादि समुदायहरुलाई नागरिकता दिने व्यवस्था तत्काल मिलाउने।
२ उत्त प्रतिवेदनमा उल्लेख भए बमोजिम वादि समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने समेतका विषयहरुलाई बुदागत रुपमा कार्यान्वन गराउन नेपाल सरकारले तोकेको राजपत्राकित प्रथम श्रेणीको अधिकृतको संयोजकत्वमा गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, बालबालिका तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य त्था जनसंख्या मन्त्रालयका अधिकृत स्तरका प्रतिनिधिहरुको साथै वादि समुदायका एकजना महिला सहित दुई जना प्रतिनिधिहरु समेत स्मिम्लित एक अधयञ कार्यद्मल हनेपाल सरकारले तत्काल गठन गर्ने ।
English version: http://un.info.np/Net/NeoDocs/View/895
#895 #1781 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
PEACE AGREEMENT, PEACE PROCESS, EDUCATION, WOMEN, HEALTH, SOCIAL WELFARE, POPULATION, LABOUR, CITIZENSHIP, NATIONALITY, HUMAN RIGHTS, FOREST, LOCAL DEVELOPMENT, SOIL CONSERVATION, CHILDREN
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1681
times viewed
7
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|
|